१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाका बनाउछौ: गृहमन्त्री लेखक

दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाका बनाउछौ: गृहमन्त्री लेखक
अ अ+ अ-

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताउनु भएको छ ।

बुधबार दोधारा चाँदनी नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको समुद्घाटन समारोहमा बोल्दै दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरि देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताउनुभयो । “महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुुख्खा बन्दरगाह निमार्ण हुन्छ ।” उहाँले भन्नुभयो–“यो नाकालाई भारत र चीनसंग जोडेर देशकै ठुलो नाकाका रुपमा विकास गछौ ।” उहाँले निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउदै तिंङकरबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताउनुभयो ।

“उद्योग, व्यापार वाणिज्य,पर्यटन सबैका लागि महत्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गछौ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“यो त्यसैगफ गरेको होईन,उहिले उहिले महाकालीमा झोलुङ्गे पुल बनाउछौ भन्दा हास्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ गरेपछि त बन्दो रहेछ त ।”उहाँले दोधारा चाँदनी सुख्खा बन्दरगाह निमार्ण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताउनुभयो । “दुई/तीन महिनाभित्रै सुख्खा बन्दरगाह निमार्णका लागि भारतले टेन्डर आह्वान गर्छ ।” उहाँले दोधारा चाँदनी क्रमिक रुपमा विका भइरहेकोले चिन्ता गर्नुपर्ने विषय नभएको बताउनुभयो ।

त्यसैगरि उहाँले संसदमा भएका दुई ठुला दलहरु बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभयो । “दुई दल बिच सात वुदे सहमति भएर सरकार निमार्ण भएको छ ।” उहाँले भन्नुभयो–“सहमति कार्यान्वयन गर्ने विषयमा शंका गर्नुपर्ने ठाउँ छैन ।”

एकै दिन प्रहरीका दुई वटा भवन उद्घाटन

गृहमन्त्री रमेश लेखकले बुधवार कञ्चनपुरमा नेपाल प्रहरीका दुई वटा भवन उद्घाटन गर्नुभएको छ । भीमदत्त नगरपालिका स्थित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका स्थित ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको भवन उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवर समेत सहभागि हुनुहुन्थ्यो ।

गृहमन्त्री लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदानगर्नु रहेको बताउदै प्रहरीको नवनिर्मित भवनबाट सेवा प्रवाहमा सहज हुने बताउनुभयो । “अहिले प्रहरीले समिति स्रोतसाधनमा काम गर्नुपरेको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।” पछिल्लो समय साइवर अपराधहरु बढिरहेकाले प्रहरीले परम्परागत अपराध बाहेक साइवर अपराधमा पनि अनुसन्धान गर्नु परेको उहाँको भनाई थियो । नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले सम्पूर्ण नागकिरहरुले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताउनुभयो । “नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन ।” उहाँले भन्नुभयो–“यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।” उहाँले नवनिमिर्त भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुजे विश्वास व्यक्त गर्नुभयो ।

बाढी प्रभावित क्षेत्रको निरिक्षण

ती दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरका बाढी प्रभावित क्षनेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । मंगलवार कञ्चनपुरको पूनर्वास,बेलौरी र बेल्डाँडी गाउँपालिका स्थित बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

बुधवार उहाँले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बाढी प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गनुर््भएको छ । निरिक्षणमा विपद तथा द्धन्द्ध व्यवस्थापन महाशाखाका सह–सचिव डा.भीष्म कुमार भुषाल सहित बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री लेखकले महाकाली,जोगबुढा र दोदा नदीबाट हुने डुबान र कटानको निरिक्षण गर्नुभयो । बाढी प्रभावित क्षेत्रका स्थानीयले नदीमा पक्की तटबन्ध निमार्णको माग गरेका थिए । गृहमन्त्री लेखकले मन्त्रालयले तीनवटै नदीमा तटबन्ध निमार्ण गर्नका लागि लागत स्टिमेट तयार गरेर उर्जा मनत्रलय मार्फत नदी नियन्त्रणको काम गर्न आफु पहल गरिरहेको बताउनुभयो । “यहाँ बाढीको धेरै नै समस्या छ यी समस्याका बारेमा म जानकार छु ।” उहाँले भन्नुभयो–“यी सबै समस्या समाधानका लागि सरकारले पहल गरिरहेको छ ।”