८ भाद्र २०८३, सोमबार
,
Latest
चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले विधेयकको प्रस्ताव पेस गर्ने आरक्षपीडितको समस्या समाधान गर्न आयोग गठन हुन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर कप भोलिदेखि



अ+ अ-

काठमाडौं । फुटबल र बास्केटबललाई समेट्दै द एक्सिेल्सियर स्कुलको आयोजनामा १० औं एक्सेल्सियर कप सोमबारदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत फाइभ ए साइड फुटबलमा विभिन्न ३ उमेरसमूहको प्रतिस्पर्धा हुने एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । यु–१२ मा १८, यु–१३ मा २० र यु–१६ मा १२ टिम सहभागी हुने छन् ।

सिनियर ब्वाइज बास्केटबलको ब्वाइज र गल्र्स दुवैमा समान १२–१२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले जानकारी दिए ।

प्रिन्सिपल रजकले प्रतिभावान जुनियर खेलाडीको पहिचान गर्न प्रतियोगिताले मद्दत पुर्‍याउने बताउदै विद्यार्थीलाई शिक्षासंगै हरेक क्षेत्रमा क्रियाशिल बनाउन प्रतियोगिता आयोजना गर्दै आएको बताए । माघ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजकको आफ्नै हातामा हुनेछ ।