१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

प्रधान सेनापति प्रभुराम शर्माको बिदाई- फोटो फिचर

प्रधान सेनापति प्रभुराम शर्माको बिदाई- फोटो फिचर
अ अ+ अ-

काठमाडौं । करिब ४२ वर्ष लामो सैनिक सेवा एवं प्रधान सेनापतिको तीन बर्षे कार्यकाल सम्पन्न भाद्र २४ गतेबाट अवकाश प्राप्त गर्न लाग्नु भएका प्रधान सेनापति प्रभुराम शर्मालाई बिदाई गरिएको छ । आज जङ्गी अड्डामा विशेष समारोहका बिच शर्माको बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

बिदाई कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधान सेनापति शर्माले पुर्‍याउनु भएको योगदान चिरकालपर्यन्त स्मरणीय रहने बताउँदै प्रधान सेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको कुरा उल्लेख गर्नु भयो। उहाँले नयाँ प्रधान सेनापतिको रूपमा कार्यभार सम्हाल्न लाग्नु भएका कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देललाई बधाई ज्ञापन गर्दै रक्षा मन्त्रालय र नेपाली सेनाबिच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले महारथी शर्माको सन्तुलित जीवन तथा शालीन शैली, जटिल परिस्थितिहरूको बस्तुपरक ढङ्गबाट सामना गर्न सक्ने क्षमताबाट आफू ज्यादै प्रभावित भएको कुरा उल्लेख गर्दै नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पुर्‍याउन उहाँले प्रदर्शन गर्नु भएको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताउनु भयो । सोही अवसरमा उहाँले आफ्नो भावी कार्यकालका मुख्य प्राथमिकताहरूका बारेमा समेत प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको उल्लेख गर्नु भयो ।

प्रधान सेनापतिले आफ्नो कार्यकालमा भएका संस्थागत सुदृढीकरण एवं विविध सकारात्मक प्रयासहरूमा निरन्तर साथ, सहयोग र रचनात्मक सुझाव प्रदान गर्नु हुने रक्षा मन्त्रालय लगायत सम्बद्ध सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रधान सेनापति शर्माले नेपाली सेनालाई सम्झना स्वरूप उपहार प्रदान गर्नु भएको थियो भने नेपाली सेनाको तर्फबाट प्रधान सेनापतिलाई कायममुकायम प्रधान सेनापति रथी सिग्देलले सम्झना स्वरूप उपहार प्रदान गर्नु भएको थियो ।

त्यसै गरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधान सेनापति शर्मालाई सम्झना स्वरूप उपहार प्रदान गर्नु भएको थियो । त्यस्तै सैनिक श्रीमती संघकी अध्यक्ष तथा कायममुकायम अध्यक्षबिच सम्झना स्वरूप उपहार आदान प्रदान भएको थियो ।


सो अवसरमा पूर्व प्रधान सेनापतिहरू, पूर्व रक्षा सचिवहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, रक्षा मन्त्रालयका पदाधिकारीहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरू, अधिकृत, सञ्चारकर्मीहरू लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यस अघि प्रधान सेनापति महारथी शर्माले कायममुकायम प्रधान सेनापति रथी सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधान सेनापतिको झन्डा तथा छडी हस्तान्तरण गर्नुभएको थियो भने प्रधान सेनापति महारथी शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो ।