३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा गत  आइतबार भएको आगलागीमा परी कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । 

यस आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि गरियो र मृत्यु हुनेहरूको संख्या अझ धेरै रहेको हुनसक्ने बताइएको छ । सो कुरा आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले जानकारी दिनुभएको छ ।

उहाँले सोमबार आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिनुभएको हो । आईओएमले विशेष गरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पनि बताएको छ । त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका छन् । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन ।

यमनमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमन विश्वमा नै सबैभन्दा धेरै मानवीय सहायता आवश्यक पर्ने देशका रुपमा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । 




भर्खरै