६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार नेप्से दोहोरो अंकले घट्यो, करीब ५ अर्बको शेयर कारोबार



अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक २३.२२ अंकले घटेर २ हजार ४ सय ६१.८८ विन्दुमा बन्द भएको छ । यो दिन शेयर कारोबार मापक नेप्से ०.९३ प्रतिशतले दोहोरो अंकले झरेको हो । 

आजको दिन बजार २ हजार ४ सय ९४.०५ विन्दुदेखि खुला भएर २ हजार ४ सय ५३.५४ विन्दुसम्म झरेको थियो । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४.४७ अंक घटेर ४ सय ४५.२१ विन्दुमा झरेको छ । यो भनेको ०.९९ प्रतिशत हो । 

मंगलबार करीब ५ अर्ब बराबरको शेयर कारोबार भएको छ । यो दिन २१० वटा कम्पनीको ५२ हजार ५ सय ९१ पटकको व्यापारमा उक्त रू. ४ अर्ब ७५ करोड २७ लाख ८ हजार बराबरको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर कारोबार भएको हो । 

आज शेयर बजारको कुल कारोबारमा सर्वाधिक हिस्सा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ओगटेको छ । यस कम्पनीको रू. ६५ करोड ३५ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन होटल्स तथा पर्यटन समूहको परिसूचक २.९८ प्रतिशत, जलविद्युतको १.८ प्रतिशत र म्युचुअल फण्डको ०.०७ प्रतिशत बढेको छ । बाँकी समूहको परिसूचक भने यो दिन घटेको छ ।

यो दिन हिमालयन उर्जा विकास कम्पनीको ९.९७ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको ९.९२ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ९.८८ प्रतिशत, रैराङ हाइड्रोपावरको ९.७८ प्रतिशत र युनाइटेड फाइनान्सको ९.७५ प्रतिशतले मूल्य बढेको छ ।  

यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत घटेको छ । दोहोरो अंकले घटेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.१८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १०० ले घटेर अन्तिम मूल्य रू. १ हजार ८३० कायम भएको हो ।