१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैतमा निफको सातौं संस्करण, ४० देशका ८८ फिल्म देखाइने



अ+ अ-

काठमाडौँ । नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौं संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौं संस्करण हुन लागेको हो ।

संस्करणमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने बताइएको छ । ६० देशबाट प्राप्त ५ सय बढी चलचित्रबाट निफले सातौं संस्करणमा ४० देशका ८८ वटा फिल्म छानेको नेपाल अन्तर्रास्ट्रिय चलचित्र महोत्सव आयोजक समितिका अध्यक्ष के.पी पाठकले बताउनु भयो । उहाँकाअनुसार छनौटमा परेका थुप्रै चलचित्रहरु कान्स, लोकार्नो, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेको बताउनु भयो ।

फेस्टिभललाई राष्ट्रिय अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी, दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड वितरण गरिने बताउनु भयो । प्रतिष्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्रियाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ । यस वर्ष महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् । मोफसलमा पहिलो संस्करण सम्पन्न गरेको निफले यो सालबाट एकै समयमा अन्य प्रदेशहरुमा पनि महोत्सवलाई बिस्तार गर्ने तयारी गरिरहेको अध्यक्ष पाठकले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई हरेक वर्ष सहभागी हुने देशको संख्या पनि बढीरहेको छ । सहभागी हुने चलचित्रको संख्या पनि बढेको छ । हामीलाई ५ दिनमा फेस्टिबल सक्न हम्मेहम्मे परिसक्यो । आगामी दिनमा ५ दिनमा फेस्टिबल गर्न नसक्ने अवस्थामा छौँ । हामीले नछानि नहुने, यसो हेर्दा रेटिङपनि राम्रो छ । नछानि नहुने गर्दागर्दै ५ दिनले नधान्ने भयो । क्यान्स लोकार्नोमा सहभागी भइ अवार्ड जितेका फिलहरु छन् । ११५ बाट निर्णय गर्न धेरै नै गाह्रो भयो । ८८ मा झार्न धेरै नै गाह्रो भयो । ४० देशका ८८ फिल्म टुंग्याएका छौँ । अडेन्स च्वाइस अवार्ड थप्नेछौँ ।’

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिने बताइएको छ । महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलवित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । सर्ट फिल्ममध्येवाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।