१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा बजारमा रहेको प्राचीन श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण



अ+ अ-

गोरखा । गोरखा बजारको तीनधारेमा रहेको श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण गरिएको छ ।

११० बर्ष प्राचीन श्रीहरि गणेश मन्दिरको पुनर्निर्माण गरिएको हो। भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिर समाजसेवी अशोक श्रेष्ठले सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ लाख ६५ हजार रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणको समन्वय गर्नुभएका डाक्टर राजुबाबु श्रेष्ठका अनुसार पुनर्निमाण गरिएको मन्दिर स्थानीय टोल विकास संस्थालाई हस्तान्तरण गरिएको छ ।

श्रेष्ठका अनुसार मन्दिरमा रहेको यसअघिको टिनको छानो पुनर्निर्माणको क्रममा विस्थापित गरी तामाको पाताले छाइएको छ ।

श्रेष्ठले भन्नुभयो ‘गारो पनि डेढ फिट अग्लो बनाइएको छ । यसअघि माटोको भुइँ रहेको सो मन्दिरमा अहिले ढुङ्गा छापिएको छ’, उनले भने, ‘पहिले टुँडालहरु थिएन, अहिले टुँडाल राखिएको छ । रेलिङ थिएन, अहिले रेलिङ पनि निर्माण गरिएको छ ।’

सो मन्दिर यसअघि १९७१ सालमा तीनधारे निवासी हरि श्रेष्ठ स्थापना गर्नुभएको थियो ।