२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

महिलाका फार्म र डेरीले उकासिएको जीवन

महिलाका फार्म र डेरीले उकासिएको जीवन
अ अ+ अ-

इलाम । यहाँस्थित फाकफोकथुम गाउँपालिका एकतप्पाकी ममता खनाललाई बिहानको रिमरिमभन्दा पहिले नै गोठमा पुग्न बित्छ । बिहानको उज्यालो भुइँमा झर्नुअघि नै गाईवस्तुको थलाभकारा र खोलेको मेल सक्नुपर्छ । उहाँले सानाठूला गरी ४२ गाईभैँसी पाल्नुभएको छ । बिहानमात्र होइन, दिनसमेत उहाँको त्यहीँ गाईभैँसीको स्याहारमै बित्छ । उहाँले आफूले मात्र सबै काम नभ्याउने छाँट देखिएपछि फार्ममा केही कामदार पनि राख्नुभएको छ ।  घरका प्रायः काम भने उहाँले नै भ्याउनु हुन्छ । गत पाँच वर्षअघि यो फार्म पाँचवटा गाईबाट शुरुआत गरिएको हो । 

उहाँका श्रीमान् (सरोज) अर्थोपार्जनका लागि विदेश जानुभएको थियो । सन्तान साना थिए । घरमा साना बच्चाबच्ची हुर्काउने बाध्यता ममताका काँघमा थियो । श्रीमान् घर फर्किएपछि व्यावसायिक तवरले गाई पाल्ने सल्लाह भयो । एकातिर बालबच्चा पढाउनमा समस्या थियो भने अर्कातिर स्वदेशमै केही व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । वैदेशिक रोजगारीका क्रममा कमाएको रकम लगानी गर्नकै लागि श्रीमान्श्रीमती मिलेर शुरुमा फार्म शुरु गरे । खासै धेरै रकम थिएन ।  फार्म दर्ता गर्न पाँचवटा गाई चाहिन्छ भन्ने बुझेपछि ऋणपान गरेर त्यति नै गाई किने ।

दिनानुदिन वस्तु पाल्नमा आकर्षण बढ्दै गयो भने आकर्षणसँगै फाइदा पनि । त्यतिकै मात्र पाँचबाट सात, सातबाट नौ गर्दै अहिले पाँच भैँसी र ३० गाईसँगै केही बाच्छा र पाडा छन् । अहिले ममताका श्रीमान्को विदेशिने सोच पनि छैन । उहाँलाई पनि नयाँ काम गर्नुपर्ला जस्तो लाग्दैन । एकातिर आफ्नै फार्ममा काम हुन्छ भने अर्कातिर डेरी पनि आँगनमै छ । गाउँको दूध भेला पारेर त्यही डेरीमा घीउ र छुर्पी बनाइन्छ । यसका लागि धेरै कसरत पनि गर्नु परेन । घीउ र छुर्पी बनेपछि घरबाटै बिक्छ । ममता र उहाँका श्रीमान्को ५० गाईभैँसी पाल्ने सोच छ । 

आफ्नै बाँझो बारीमा घाँस लाएका छन् । आउँदै निजी नम्बरी जग्गा पनि अहिले सदुपयोग भएको छ । केही वर्षअघिसम्म चिल्ला पहाड लडेको ठाउँमा अहिले धुस, अम्रिसोलगायत घाँसजन्य वस्तु रोपिएको छ । यसैले घाँस खोज्न टाढा जानु पर्दैन । आफ्नै बारीको संरक्षण भएको छ भने गाईभँैसीलाई घाँस पनि । अहिले ममताको डेरी र फार्मबाट मासिक रु ५० हजार आम्दानी हुन्छ ।  यो रकम विगतमा गाई किन्दा डेरी र गोठ निर्माणमा लागेको खर्च तिर्दैमा सकिन्छ । गाईभैँसी पाल्ने जाँगर बढेपछि बैंककबाट रकम निकालेका छन् । यसको साँवाब्याज पनि तिरिसकिएको छैन । ममताका बारीमा अहिले अलैँची, अदुवालगायत खेती पनि कमै मात्र छ । गाईभैँसी पाल्न घाँस चाहिने भएपछि घरको घुरेनसम्म घाँसै रोपिएको छ । अहिले दम्पतीलाई नै यो पेशाबाट सन्तुष्टि छ । अहिले खासै फाइदा नभए पनि भविष्यमा केही हुन्छ भन्ने विचार छ । ममताले चारजनालाई काम पनि दिनुभएको छ । आफ्नो मात्र नभई यहाँबाट अरूको समेत परिवार पालिएको छ । पछिल्लो समय जिल्लाभर नै भैँसी दुर्लभरुपमा मात्र पालिन्छ । हैरानी हुने भएपछि भैँसीपालन घटेको छ । ममताको फार्ममा भने भैँसी नै भैँसी पालिएको छ । भैँसीको दूधमा चिल्लो पदार्थ गाईको भन्दा बढी हुने भएकाले भैँसी पालेको ममताको तर्क छ ।

धेरै गाईको दूधमा केही भैँसीको दूध मिसाउँदा दूधमा क्रिम राम्रो बस्ने बुझेपछि भैँसीपालन थालिएको हो । डेरी र फार्मको ऋण तिर्न ममतालाई केही समय लाग्छ । तर हिम्मत हार्नुभएको छैन । यसैको आम्दानीले छोराछोरी पनि पढिरहेका छन् । निरन्तर काम गरिरहेकाले पनि होला व्यवसाय सहजजस्तो भएको छ । 

दुग्ध उद्योगमा लीलाको लगानी : सन्दकपुर गाउँपालिकास्थित सुलुबुङकी लीलादेवी भट्टराईको दिनचार्य अहिले पहिलेजस्तो छैन । आफ्नै घरमा भएको डेरीमा बिहान सबेरैदेखि खट्नुपर्ने हुन्छ । विसं २०३३ मा पाँचथर जन्मेकी लीला एक सङ्घर्षशील महिलाका रूपमा चिनिनुहुन्छ । 
 
सानैदेखि सामाजिक कार्यमा रुचि भएकी उहाँलाई विवाहपश्चात् समेत केहीले छेकेन । विवाहपछिका अनेकौँ चुनौतीलाई पार गर्दै अहेव अध्ययन गर्नुभयो । महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्य गर्दै नौ वर्षसम्म अहेवको करारमा जागिर खानुभएकी लीला सामाजिक सङ्घसंस्था, सहकारी, महिला समूह गरी १० वटाभन्दा बढी सङ्घसंस्थामा आबद्ध भई कार्य गर्नुहुन्थ्यो ।

पढेर जागिरै खाए पनि लीलालाई चित्त बुझेन । आम्दानी राम्रो हुने यत्रतत्र सुनेपछि घरमै गाई पाल्ने सोच बनाउनुभयो । आजभन्दा पाँच वर्षअघि रु पाँच लाखको पूँजीमा स्थापना गरेको  भट्टराई कृषि पशुपालन तथा डेरी उद्योगमा सञ्चालन गरेको सालमा पहिलोपटक गोठ बनाउनका निमित्त रु पाँच हजार अनुदान पाएपछि हिम्मतका साथ कार्य गर्न अघि बढ्नुभयो ।

परम्परागत डेरीबाट दैनिक ३०० लिटर दूधको दैनिक १२ किलो घीउ र छुर्पी उत्पादन गर्दै आएकी उहाँ मासिक १२० किलो घीउ र छुर्पी उत्पादन हुने यसबाट किसानको पेमेन्ट कामदारको तलबबाहेक रु ३० हजार नाफा हुँदै आएको बताउनुहुन्छ । आधुनिक डेरीको सञ्चालनपश्चात् करीब एक हजार लिटर दूध उत्पादन हुने र यसबाट मासिक रु एक लाख आम्दानी हुनेछ । हाल तीन पुरुष र दुई महिला गरी पाँचजनाले रोजगार पाइरहेका छन् । दूध वृद्धि भएपश्चात् थप तीन गरी जम्मा नौजनाले रोजगार पाउनेछन् । यसको आम्दानीले परिवार धानेको छ भने छोराछोरीको उच्च शिक्षा पढ्न धोको पनि पूरा गरेको छ । केही वर्षअघि उन्नति परियोजनाले सहयोगपछि भने व्यवसाय धान्न झनै सहज भएको छ । उन्नतिकै कारण गाईवस्तु पाल्न सिक्न पाइयो भने सामग्री जोड्न सफल भएको लीलाको भनाइ छ । लीला कहाँ आधुनिक ढङ्गको आधुनिक डेरीसमेत सञ्चालन हुँदैछ ।  आधुनिक डेरी उद्योग पूर्ण सञ्चालनपश्चात् एक हजार लिटर दूध तयारी खपत गर्ने उहाँको योजना छ । किरण पौड्याल/रासस