२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने



अ+ अ-

जुरिच । स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको सोमबार जनाएको छ । 

क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ । कम्पनी खरिद गरेपश्चात रोचले एउटा नमुनाबाटै धेरै किसिमका परीक्षणहरु गर्न सक्नेछ ।
 
रोचले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जेनमार्कको प्रतिशेयर २४.०५ डलर मूल्य तोकिएको छ । रोचले जेनमार्क डाइग्नोस्टिकको खरिदपछि कम्पनीको मोलिकुलर परीक्षणका क्षेत्रमा नयाँ आयाम थपिने जनाएको छ । 

नियामक निकायबाट स्वीकृत भएमा खरिद प्रक्रिया चालु वर्षको दोस्रो त्रैमासिकमा सम्पन्न हुनेछ । राससरएएफपी