२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूले पढेको स्कुलका विद्यार्थीको पञ्चे बाजामा यसरी छमछमी नाचे चन्द्र ढकाल



अ+ अ-

बागलुङ । माघ १ गते बागलुङ जिल्लाको त्रिभुवन मावि, पैयुँपाटाको ७४ औँ वार्षिकोत्सव । पूर्व विद्यार्थी समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए ।

उनी मञ्चमा थिए तल सो स्कुलका विद्यार्थीले बजाउँदै थिए पञ्चेबाजा । कार्यक्रम सकिएर तल ओर्लिएका ढकाल र सो विद्यालयका पूर्व विद्यार्थी एवं गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठक छमछमी नाचे ।

बिद्यालयका बालबालीकाले धन्काएको पञ्चेबाजाको तालमा कार्यक्रममा सहभागी अन्य अतिथी तथा सहभागीहरु पनि कम्मर मर्काउन कस्सिए ।

त्रिभुवन माविले अतिरिक्त क्रियाकलाप अन्तरगत बिद्यार्थीहरुलाई मौलिक बाजा बजाउन सिकाएको छ । बिद्यालयका अनुसार यसले गर्दा बिद्यार्थीको क्षमता पनि प्रस्फुटन पनि भएको छ भने कला र सस्कृतिको पनि संरक्षण भएको छ ।