१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट घिमिरे र श्रेष्ठ पुरस्कृत

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट  घिमिरे र श्रेष्ठ पुरस्कृत
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबिच वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई “प्रज्ञा नेपालीभाषा साहित्यिक पत्रकारिता पुरस्कार” र अर्का वरिष्ठ साहित्यिक पत्रकार तथा नेपालभाषाको साहित्यिक पत्रिका “थौंकन्हे” का सम्पादक रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’-२०८० नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति तथा सभाध्यक्ष भूपाल राईले पानसमा बत्ती बालेर समारोहको समुद्घाटन तथा पुरस्कार वितरण गर्नुभएको थियोे ।

उक्त जनही पचास हजार (५०,०००) राशि रहेको साहित्यिक पत्रकारिता विधाको पुरस्कारलाई समावेशी रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक ६५ वर्षपछि २०७९ चैत्रमा स्थापना गरेको थियोे ।

यसैगरी घिमिरेको प्रधान सम्पादकत्व तथा प्रकाशकत्वमा विस २०१८ साल ,जेष्ठ महिनादेखि “रचना”साहित्यिक द्वैमासिक पत्रिका प्रकाशित हुँदै आएको पाइन्छ ।

यसैगरी श्रेष्ठ विस२००८ वैशाखमा प्रकाशित नेपालभाषाको साहित्यिक मासिक “थौंकन्हे” मा २०४५ सालमा आबद्ध हुनुभएको थियोे।साथै श्रेष्ठको सम्पादकत्व तथा प्रकाशकत्वमा २०६२मा जिप्रका काठमाडौँमा दर्ता भएयता “थौंकन्हे”को प्रकाशन हुँदै आएको पाइन्छ ।

यसै क्रममा कुलपति राईले साहित्यिक पत्रकारितामा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई पहिलोपटक “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”वितरण गर्न पाउँदा आफूलाई गौरव महसुस हुनु स्वाभाविक हो । मूलतः साहित्यिक पत्रकारिता स्रष्टा उत्पादनशाला र प्राज्ञिक खुराक हो।जसले नेपालको भाषा, साहित्य र संस्कृतिक‍ो क्षेत्रमा विचार र चिन्तनको उत्पादन गर्न सक्षम साहित्यिक पत्रकारितामा जीवन जिइएका व्यक्तित्वको योगदानलाई चम्काउन “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”को स्थापना गरेको बताउनुभएको थियोे । यसै क्रममा कुलपति राईले साहित्यिक पत्रकार स्वयम्मा अभिच्छिन्न चेतनाका उत्तराधिकारी भएपनि यथास्थितिविरुद्धको विच्छिन्न चेतनाबोध गरेर अघि बढ्नुपर्नेमा थप जोड दिनुभएको थियोे ।

यस समारोहमा पुरस्कृत व्यक्तित्व रोचक घिमिरेले प्रज्ञा-प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार स्थापना गरी आफूलाई पहिलोपटक प्रदान गरेकोमा आभार व्यक्त गर्दै कतिपय राम्रा र रचनात्मक कार्यमा वर्तमान नेतृत्व अघि बढेको छ ,त्यसमा सधैँ साथ रहिरहने बताउनुभएको थियोे ।

यसै क्रममा समारोहका विशिष्ट अतिथि तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिता क्षेत्रमा प्रज्ञा-प्रतिष्ठानले स्थापनाको ६५ वर्षपछि प्रज्ञा-साहित्यिक पत्रकारिता पुरस्कारको सुरुवात गरेको छ ।यसको श्रेय कुलपति भूपाल राई नेतृत्वको वर्तमान टिमलाई जाने बताउँदै साहित्यिक पत्रकारितालाई सरकारले उपेक्षा गरेको बताउनुभएको थियोे ।

यसैगरी प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा”ले धन्यवाद ज्ञापनका क्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले “रचना” साहित्यिक द्वैमासिकमार्फत् साहित्य र साहित्यिक पत्रकारिताको कालखण्डमा महत्त्वपूर्ण योगदान पुर्याएकाले नै ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’उहाँले प्राप्त गर्नु स्वाभाविक रहेको बताउनुभएको थियोे ।यसै क्रममा उपकुलपति श्रेष्ठले नेपालभाषाको “थौंकन्हे”साहित्यिक पत्रिकामार्फत उल्लेखनीय योगदान गरेकाले नै रुक्मिनी श्रेष्ठलाई “प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार दिइएको बताउनुभएको थियोे ।

यसैगरी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा साहित्य र साहित्यिक पत्रकारिता क्षेत्रका विशिष्ट साधकलाई पहिलोपटक प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनुभएको थियोे ।

यसैगरी प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले पुरस्कृत प्रतिभाबारे परिचयात्मक मनतव्य दिँदै अग्रज र विशिष्ट साहित्यिक पत्रकारलाई “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार”ले सम्मानित गर्नु भनेको उहाँहरूले पुर्याएको योगदान नै मुख्य हो भन्नु भएको थियोे।

यसैगरी अतिथिद्वय एवम् भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेल र मधेसी आयोगका सदस्य आभासेतु सिंहले आआफ्नो शुभकामना मनतव्य राख्नुभएको थियोे ।

यस समारोहका उद्घघोषक प्राज्ञसभा सदस्य चेतनाथ धमलाले पुरस्कृत व्यक्तित्व रुक्मिनी श्रेष्ठको लिखित मनतव्य पढेर सुनाउनु भएको थियोे । पुरस्कृत एवम् ज्येष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिनी श्रेष्ठ दुवैजना केही समय अघिदेखि स्वास्थ्य उपचारार्थ रहनुभएको थियोे ।