१८ माघ २०८१, शुक्रबार
,
Latest
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक अर्थसमितिबाट फिर्ता संविधान संशोधन गर्दा संविधानका आधारभुत विशेषता कमजोर हुनु हुँदैनः देउवा सरकारले ल्याएको अध्यादेश संविधान र कानूनसम्मत छः अर्थमन्त्री पौडेल ‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएः चिरीबाबु महर्जन सात बुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस दृढ छः सभापति देउवा प्रचण्डप्रति ओलीको कटाक्षः सत्ताको नाममा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने कुराको वन्ध्याकरण भयो अध्यादेश सदनको सम्पत्ति भएको छ, अस्वीकार गर्ने की पारित गर्ने सदनको जिम्माः प्रधानमन्त्री ट्रम्पको क्यानाडा, मेक्सिको र चीनमाथिको भन्सार महसुल समयसीमाको प्रतीक्षामा संसार अमेरिकाको हवाई दुर्घटनामा सबै ६७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुग्यो



अ+ अ-

काठमाडौँ: माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ ।

माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उहाँको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् । साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर,  २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।