१५ आश्विन २०८१, मंगलवार
,
Latest
बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु पूर्वबाट फेरि मौसम बदली सुरु होटल एभरेस्ट र बसेरालाई तीन-तीन लाख जरिवाना दशैँको लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने यातायात व्यवसायीको तयारी दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव न्यायपालिकाको हुर्मत लिन वार एशोसिएसन संस्थागत रुपमा उद्यत रह्यो: पूर्वन्यायधीश ईश्वर खतिवडा विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियो: डाक्टर अधिकारी एमाले सचिवालय बैठक जारी सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा भागदौड हुँदा आठ घाइते



अ+ अ-

काठमाडौँ । माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा आठ जना घाइते भएका छन् ।

टुँडिखेलमा माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको छुट्टा-छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरु घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

उपरीक्षक ढुङ्गेलले भन्नुभयो, “आज टुँडिखेलमा ठूलो सङख्यामा थारु र मगर समुदायका व्यक्ति माघी मनाउन जम्मा भएका थिए । भीडमा भागदौड हुँदा आठ जना घाइते भएका छन् ।”

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उहाँको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।रासस