१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

देशविदेशमा फैलँदै ‘माघी’

देशविदेशमा फैलँदै ‘माघी’
अ अ+ अ-

काठमाडौंँ:  थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यस वर्ष पनि काठमाडौंँमा विशेष रूपमा मनाइने भएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ । विगतमा जस्तै यस वर्ष पनि थारू अगुवाले टुँडिखेलमा थारू राष्ट्रिय माघ (माघी) महोत्सव–२०८० आयोजना गरेका छन् ।

विशेष गरी थारू समुदायले मनाउने यो पर्वमा पछिल्लो समय जातजाति पनि आकर्षित भएको पाइन्छ । माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी पनि आकर्षित भएका छन् । माघीमा विशेषत: ढिक्री, घाेँगी, माछा र गँगटा जस्ता परिकार खाने चलन छ ।

यस वर्ष माघी पर्व यही पुस २९ र आगामी माघ १ गते मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । सो कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेको जानकारी दिनुभयो । टुँडिखेलमा माघीका अवसरमा खानाको स्टल करिब एक सय १५ कक्ष रहेको महामन्त्री चौधरीले बताउनुभयो । “सोमबार बिहान वसन्तपुरबाट झाँकी र्‍याली सुरु भइ टुँडिखेल आउनेछ । महोत्सवमा मेची–महाकालीको थारूको नाचगान प्रस्तुति रहने छ ।”

सरकारले २०६३ सालदेखि माघीलाई राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिने निर्णय सकारात्मक भएको महामन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०५९ देखि २०६२ सालसम्म थारूलाई मात्र बिदा दिने गरिएकोमा २०६३ सालबाट राष्ट्रिय पर्वका रुपमै मनाउने गरिएको हो ।”

लेखक तथा पत्रकार कृष्ण सर्वाहारीले माघीका अवसरमा बरघर (गाउँको मुखिया) छान्ने प्रचलनलाई काठमाडौँमा पनि लागू गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “माघी पर्वका अवसरमा बरघर छान्ने प्रचलनलाई काठमाडौँमा पनि आफ्नो गाउँघरका लागि के योगदान गर्न सकिन्छ भन्नेमा छलफल हुन जरुरी छ ।” उहाँले थारूका मुख्य परिकारहरु ढिक्री, घोँघी, महुवाको जाँडजस्ता परिकारलाई प्रबद्र्धनको आवश्यकता भएको बताउनुभयो ।

पूर्वमन्त्री गोपाल दहितले २०५९ सालदेखि काठमाडौँका थारूलाई लक्षित गरी माघी पर्व महोत्सव गर्न लागिएको बताउनुभयो । उहाँले माघीमा ‘मघौटा नाच’ नाच्ने र चिसो मौसमबाट बच्न सकिने खानेकुरा खाने गरेको बताउनुभयो । पहिले गाउँघरमा मात्रै सीमित माघी पर्व अहिले सहरहुँदै विदेशमा समेत पुगेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

पछिल्लो समय अमेरिका, अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, कतारजस्ता देशमा पनि त्यहाँ रहेका थारूले माघी पर्व मनाउन थालेको पूर्वमन्त्री दहितको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला थारूहरूले घोँगी खान लाज मान्थे तर अहिले काठमाडाँैँको हरेक होटलमा घोँगी परिकार राखिएको हुन्छ, यो सबैभन्दा धेरै बेचिने परिकार बनेको छ, यसको मुख्य कारण माघी महोत्सवको आयोजना नै हो ।”

तराईमा बस्ने थारूहरूले पौष्टिक खानाका रूपमा प्रयोग गर्दै आएको गँगटो, माछा, घोँगीजस्ता परिकार अहिले लोकप्रिय भएको दहितले बताउनुभयो । उहाँले खाना मात्रै नभइ थारूका पहिरनको लोकप्रियता बढेको बताउनुभयो ।

काठमाडौँमा थारुहरुको बसोबास बढ्न थालेसँगै खुल्ला मञ्च हुँदै टुँडिखेलमा माघी पर्व मनाउन थालिएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका पदाधिकारी सीताराम थारूको भनाइ छ । उहाँका अनुसार पहिले एक महिनासम्म माघी मनाउने गरिएकोमा पछिल्लो समय पुस २९ र माघ १ गते मात्रै मनाउने गरिएको छ ।

किन मनाइन्छ माघी ?

अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे । माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो । जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको छ । थारू समुदायले माघी माघ महिनाभर मनाउँछन् ।

शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । थारू समुदायमा पुसको अन्तिम दिन गाउँभरिका मानिस मिलेर सुँगुर काट्ने चलन छ । त्यस दिनलाई ‘जिता मरना दिन’ भनिन्छ । पुस मसान्तमा सुँगुरको मासु, ढिक्री, रोटी, माछा आदि परिकार तयार गरिन्छ । त्यस रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेषगरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुमरु गाउने गरिन्छ ।

माघीको दिन बिहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिस सामूहिक रूपमा नदीमा नुहाउन जान्छन् र  घरमा आएर आ–आफ्ना दिदीबहिनीलाई उपहार दिने गर्छन् । जसलाई ‘निसराउ’ भनिन्छ । त्यसपछि गाउँभरि ढोगसलाम गर्छन्, आशीर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । यस पर्वमा उनीहरू वर्षभरिका सुखदु:खका कुरा साटासाट गर्छन् र घरपरिवारभित्र कामको बाँडफाँट गर्छन् । त्यही दिन सबै जना जम्मा भएर गाउँको महटावाँ ( बरघर) र चौकीदार चुन्ने काम पनि हुन्छ ।

केही समयपहिले कमैया र कम्लहरीलाई छुटाउने, फुकाउने काम पनि यसै दिन गरिन्थ्यो । अहिले यस्तो प्रथा हटिसकेको छ । गाउँमा कामकाजको बाँडफाँट, गएको वर्षभरिको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने जस्ता विविध काम पनि यही दिन गरिन्छ ।सन्तोष थारू/रासस