• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

जापानी राजदूतद्वारा लेलेमा साकुराको बिरुवा रोपण



काठमाडौँ: नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल–जापानबीच विशेष सम्बन्ध कायम रहेको र दुई देशबीचको सम्बन्ध मजबुत बनाउन नेपाल जाइका अल्मुनाइ एशोसिएसन (जान)ले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

जानले आफ्नो स्वर्ण जयन्तीका अवसरमा गोदावरीको लेलेमा आयोजना गरेको साकुरा (जापानी चेरी)को बिरुवा रोप्ने कार्यक्रममा राजदूत किकुताले सो कुरा बताउनुभएको हो । जाइका नेपालका प्रमुख आकिमिचु ओकुवोले जाइका नेपालले जापानी स्वयंसेवक उपलव्ध गराइ नेपालको सामुदायिक विकासमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै जापानी स्वयंसेवकलेसमेत दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन र जापानिज प्रविधि नेपाल भित्र्याउन ठूलो भूमिका खेलेको बताउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जापानले गोदावरी नगरपालिकामा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै भविष्यमा समेत यस किसिमको सहयोगलाई निरन्तरता दिन जापानी राजदूतावास, जाइका नेपाल र जानलाई अनुरोध गर्नुभयो ।

गोदावरी नगरपालिका–५ का वडाध्यक्ष मिलन सिलवालले जानले लामो समयदेखि लेलेमा सहयोग पुर्याइरहेको जनाउँदै रोपिएका साकुरा बिरुवाको पूर्णरूपमा संरक्षण गर्ने विश्वास दिलाउनुभयो ।

जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले गोदावरीको लेले क्षेत्रमा सामुदायिक विकास कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रममार्फत समुदायका व्यक्तिहरूको आयआर्जन र क्षमतामा अभिवृद्धि गरी जीवनस्तर उकास्ने कार्य गर्दै आएको बताउनुभयो । गोदावरी नगरपालिका–५ ले साकुरा बगैँचा निर्माणका लागि जग्गा उपलव्ध गराइ आवश्यक पूर्वाधार निर्माणमा समेत सहयोग पुर्याएकाले धन्यवाद ज्ञापन गर्दै उहाँले साकुरा बगैँचाले नेपाल–जापान सम्बन्ध मजबुत बनाउन थप सहयोग पुर्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

स्वर्ण जयन्तीका अवसरमा जानले विभिन्न कार्यक्रम गर्ने सिलसिलामा लेलेमा ४० वटा साकुराका बिरुवा रोपी साकुरा बगैँचा निर्माण गरिएको छ । केही महिना अगाडि राष्ट्रपति भवन शीतलनिवासमा ३२ बोट साकुराका बिरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

नेपाल–जापानको सम्बन्ध मजबुत बनाउन उल्लेखनीय योगदान गरेकाले जापान सरकारको परराष्ट्र मन्त्रालयले जानलाई प्रशंसा अवार्डसमेत प्रदान गरेको थियो । जान जापानमा अध्ययन गरी फर्र्किएका नेपाल सरकारका बहालवाला तथा सेवानिवृत्त सरकारी अधिकारी, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिज्ञ तथा व्यवसायीहरूको सामाजिक संस्था हो ।

यस संस्थाले दुई देशबीचको मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनका क्रममा जापानमा आर्जित ज्ञान तथा सीपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ सन् १९७३ देखि क्रियाशील रहिआएको छ । यस वर्ष जानले आफ्नो स्वर्ण जयन्ती (५०औँ वार्षिकोत्सव)को उपलक्ष्यमा विभिन्न कार्यक्रमसमेत आयोजना गरेको छ ।रासस