२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले आगामी आर्थिक वर्षको बजेट जनताको प्रत्यक्ष निगरानीमा बनाउनेछः प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उहाँले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताउनुभएको हो । नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भुमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले बैठकमा जोड दिनुभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रधानमन्त्री दाहालले बैठकमा विगतमा भन्दा बढि आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले कुटनीतिक क्षेत्रमा पनि सरकारले महत्वपूर्ण उपलब्धिहरु हात पारेको दाबी गर्नुभएको पनि प्रवक्ता सापकोटाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अन्तराष्ट्रिय कूटनीतिमा पनि महत्वपूर्ण उपलब्धिहरु भएका छन् । त्यसमध्ये पनि आज अध्यक्षले धेरै राम्रोसित जोड दिएर ब्रिफिङ गरेको कुरा चाहीँ के छ भने खासगरी विकास भनेको त आर्थिक विकास नै हो । आर्थिक विकासमा अहिलेसम्म भएको कुरामा चाहीँ ड्राफटिक चेन्ज हुनेछ भन्नुभएको छ । त्यसमो तीन वटा कुरामा बढी जोड दिएर भन्नुभएको छ ।

अबको बजेट बनाउँदाखेरी पहिलो कुरा त सरकारमै छलफल गरिन्छ । अन्तिममा चाहीँ अहिलेको बजेट बनाउँदाखेरी जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ । त्यसो भएपछि जनताको के चाहना छ ? जनताले के चाहेका छन् ? भन्ने कुरा पनि हुन्छ । र अहिले बजेट निर्माणका लागि मन्त्रालयमा सिलिङ बन्दैछ । त्यो सिलिङ बनाउने क्रमसँगै अहिले चाँही सबैसँग छलफल गरिन्छ । र त्यो सिलिङ बनाउने कुरामा पनि आमुल परिवर्तन गरिन्छ भनेर उहाँले भन्नुभएको छ । उहाँको शब्दमै मैले भन्नु र्दा चाहीँ इतिहासमै अहिले यो पहिलो पटक आर्थिक विकासमा सर्वाधिक जोड दिइएको छ भनेर उहाँले भन्नुभएको छ ।’

त्यस अवसरमा प्रधानमन्त्री दाहालले बजेटको सिलिङ तय गर्दा पनि विगतको भन्दा उन्नत स्तरले गर्ने जानकारी पार्टीका नेताहरुलाई गराउनुभएको माओवादी केन्द्रले जनाएको छ ।