४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔँः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताउनु भयो । अध्यक्ष ढकालले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसावको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीहरुलाई प्रत्येक दुई÷दुई वर्षमा सिआईपी दिने गरेको भएपनि लविङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले लगानी सम्मेलन जुन वैशाखमा आयोजना भइरहेको छ । त्यसमा एउटा कमिटी पनि गठन भएको छ । कतिपय हाम्रा नीतिगत समस्याहरुलाई कसरी हटाउने भनेर प्रत्येक हप्तामा दुई तीन वटा बैठक बसेर यसको काम पनि अघि बढेको छ । यसले आन्तरिक र वाह्य लगानीलाई मद्दत पुग्छ । सिआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ । यो सिआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्याहरुलाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताउनु भयो । उहाँले एकद्वार सर्भिस छ भनेपनि हुने नगरेको गुनासो गर्नुभयो । उहाँले छिटो भन्दा छिटो निर्यात प्रवद्र्धनका लागि अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको अहिलेको आयात निर्यात भन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो निर्यातमा विभिन्न किसिमको समस्या छ । एकद्वार सर्भिस भन्छ, हुने गरेको छैन । छिटो भन्दा छिटो एक्सपोर्ट प्रमोसनका लागि हामीले अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सानासाना रुपमा पनि निर्यात गर्नसक्ने र त्यसको डलर सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था हुनुपर्छ । यसमा राष्ट्र बैंकले सहज गर्नुपर्छ । हाम्रोमा निर्यात भन्दा आयात ९ गुणा बढी छ । निर्यात प्रवद्र्धन गर्नैपर्छ । जुन कच्चा पदार्थ निर्यातको लागि हुन्छ । त्यसलाई सिधै बिना विचौलिया जो निर्यात गर्छ, उसैले आयात गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्छ । विशेष गरी यो धातुकलाका सामग्रीहरु । यो व्यवस्था गर्दा निर्यात प्रवद्र्धन हुन्छ ।’

अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमुलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताउनु भयो । उहाँले निर्यात प्रवद्र्धनमा एकद्वारा प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।