२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी सम्मेलनअघि नै लगानीमा बाधा हुने नीति नियम सच्याऔँः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताउनु भयो । अध्यक्ष ढकालले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसावको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीहरुलाई प्रत्येक दुई÷दुई वर्षमा सिआईपी दिने गरेको भएपनि लविङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले लगानी सम्मेलन जुन वैशाखमा आयोजना भइरहेको छ । त्यसमा एउटा कमिटी पनि गठन भएको छ । कतिपय हाम्रा नीतिगत समस्याहरुलाई कसरी हटाउने भनेर प्रत्येक हप्तामा दुई तीन वटा बैठक बसेर यसको काम पनि अघि बढेको छ । यसले आन्तरिक र वाह्य लगानीलाई मद्दत पुग्छ । सिआईपी पनि प्रत्येक पटक दुई दुई वर्षमा दिने सिस्टम छ तर त्यसको लागि एक वर्षसम्म लविङ नै गर्नुपर्छ । यो सिआईपी गरिदिनुहोस् भनेर हामीले पटक पटक भन्नुपरेको अवस्था छ ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्याहरुलाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने बताउनु भयो । उहाँले एकद्वार सर्भिस छ भनेपनि हुने नगरेको गुनासो गर्नुभयो । उहाँले छिटो भन्दा छिटो निर्यात प्रवद्र्धनका लागि अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको अहिलेको आयात निर्यात भन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो निर्यातमा विभिन्न किसिमको समस्या छ । एकद्वार सर्भिस भन्छ, हुने गरेको छैन । छिटो भन्दा छिटो एक्सपोर्ट प्रमोसनका लागि हामीले अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सानासाना रुपमा पनि निर्यात गर्नसक्ने र त्यसको डलर सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था हुनुपर्छ । यसमा राष्ट्र बैंकले सहज गर्नुपर्छ । हाम्रोमा निर्यात भन्दा आयात ९ गुणा बढी छ । निर्यात प्रवद्र्धन गर्नैपर्छ । जुन कच्चा पदार्थ निर्यातको लागि हुन्छ । त्यसलाई सिधै बिना विचौलिया जो निर्यात गर्छ, उसैले आयात गर्न पाउनुपर्ने व्यवस्था गर्नुपर्छ । विशेष गरी यो धातुकलाका सामग्रीहरु । यो व्यवस्था गर्दा निर्यात प्रवद्र्धन हुन्छ ।’

अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमुलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताउनु भयो । उहाँले निर्यात प्रवद्र्धनमा एकद्वारा प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।