११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने



अ+ अ-

विराटनगर। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भोटेकोशीमा गएको बाढीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

बाढीका कारण धेरै जनधनको क्षति भएकोप्रति सरकारले गहिरो दुःख पनि व्यक्त गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा तत्काल रु तीन करोड प्रादन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिनुभयो ।

बाढी प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत प्रदान गर्न सङ्घीय सरकारसँग समन्वय गर्नुका साथै कोशी प्रदेश सरकार अन्तरसमन्वय गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।

मनसुन अझै सक्रिय रहेकाले कोशी प्रदेशका सबै जिल्लाका विपद् व्यवस्थापन समिति सजग र सचेत रहन पनि निर्देशन दिने बैठकले निर्णय गरेको छ । रासस