२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राशिद खानको शतकमा पुलिसले पस्कियो विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा राशिद खानको शानदार शतकको मद्दतले नेपाल पुलिस क्लबले बागमती प्रदेशसामु २ सय ८३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

पुलिस क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८२ रन जोडेको हो ।

खानले ११२ बलमा १०६ रन बनाउँदै नटआउट रहे । उनले यसक्रममा ९ चौका र ६ छक्का प्रहार गरे । उनलाई आरिफ शेखले ६६ बलमा ५७ रन बनाउँदै साथ दिए ।

यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले १४ बलमा २१ रन बनाए भने सुनिल धमला र अर्जुन साउदले २०–२० रनको योगदान दिए ।

बागमतीका लागि सूर्य तामाङ र रिजन ढकालले ३–३ विकेट लिँदा गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए ।