४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय खाद्य बैंकको तेस्रो वार्षिक साधारण सभा सम्पन्न



अ+ अ-

ललितपुर । राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै संघीय संसदका सभामुख देवराज घिमिरेले कुनै बेला खाद्यान्नमा आत्मनिर्भर भएको नेपाल आज विदेशीको भर पर्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताए ।

अब कृषिमा आत्मनिर्भर हुन कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा ध्यान दिन र कृषि क्षेत्रको बजारीकरणका लागि नेपालले रैथाने प्रजातिका कृषि उत्पादनमा लाग्नुपर्ने उनले बताए ।

सभामुख घिमिरेले खासगरी कृषि क्षेत्रमा के–के रैथाने प्रजातिहरु हुन ? तिनीहरुलाई हाम्रो सन्दर्भमा उत्पादकत्व वृद्धिका लागि चाहिने तत्वहरु के हो ? त्यो तत्वहरु उत्पादन गर्ने अथवा त्यसको बजारीकरण गर्ने र त्यसलाई उपलब्ध गराएर सबै किसानहरुलाई त्यस्ता वस्तुको उत्पादन गर्न प्रेरित गर्ने कामहरु कसरी गर्न सकिन्छ ? राज्यले त्यसमा पनि कृषि मन्त्रालयले लामो समयसम्म अध्ययन, अनुसन्धान र यसलाई बजारीकरणको गर्नुपर्ने उनले बताए ।

कृषि कार्यमा अहिलेका युवाहरु विकर्षण पैदा भईरहेको छ । उनीहरु कुनै न कुनै ढंगबाट शहरीकरणबाट प्रभावित भएका छन् । शहरतिर आकर्षित भइरहेका छन् । र कृषि पेशालाई आत्मनिर्भर बनाउने एउटा गौरवशाली पेशा हुनुपर्नेमा त्यो तल्लो दर्जाको पेशा, क्षमता र योग्यता नहुनेले गर्ने पेशाको रुपमिा परिभाषित भइरुहेको छ—उनले भने ।

कृषि पेशा, आम्दानी नहुने पेशाको रुपबाट तिरस्कृत भएकोले गर्दा कुनैबेला खाद्यान्नमा आत्मनिर्भर भएको मुलुक, खाद्यान्न निर्यात गरेर आयआर्जन गर्ने र अन्य औद्योगिक वस्तुहरु त्यसको आम्दानीबाट प्राप्त गर्ने हाम्रो मुलुकमा आज विदेशीहरुको भर पर्नुपर्ने प्रतिकुल परिस्थिति आइरहेको छ—सभामुखको गुनासो थियो ।

यस्तो बेलामा राष्ट्रिय खाद्य बैंकले यसका समस्याहरुलाई पहिचान गर्ने र युवाहरुलाई वैज्ञानिक ढंगबाट खेती प्रणालीमा प्रेरित गर्ने, हाम्रा महत्वपूर्ण कृषि उपजहरुमा पाईने तत्वहरुको संरक्षण गर्ने, त्यसलाई मानिसहरुको जीवनका लागि चाहिने तत्वहरुको विकास गर्ने र त्यसको उत्पादनमा बजारीकरण गर्ने, बजारीकरणका लागि कृषि सहकारीहरुको माध्यमबाट, साना किसानहरुको माध्यामबाट लगानी गर्ने र साझा कृषिबाली र साझा खेतीमा प्रेरित गर्ने र ठूलाठूलो चक्लाबन्दीका कार्यक्रमहरु ल्याएर कृषिलाई अगाडि लैजाने समेत बैंकले लक्ष्य राखेकोमा प्रशंसा गरे ।

परम्परागत प्रविधिको जाँतोमा मासको गेडा पिनेर साधारण सभाको उद्घाटन गरेका सभामुख घिमिरेले बैंकद्वारा प्रकाशित स्मारिकाको विमोचन पनि गरेका थिए । उनलाई बैंकका कार्यकारी अध्यक्ष उप्रेतीले रैथाने खाद्यान्न उपहार दिएर विदाई गरेका थिए ।

बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका प्रवन्ध निर्देशक रामशरण देउजाले बैंकले हाल पश्चिमको बर्दिया र पुर्वको झापा गौरादहमा जग्गा भाडामा लिएर नमुना खेती गरिरहेको जानकारी दिए ।

बैंकका सञ्चालक एवम् निवर्तमान शशसस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी तथा संघ प्रदेश र स्थानीय तह समन्वय विभाग प्रमुख हरिकृष्ण दाहाल लगायतले बोलेका थिए ।