२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक मंगलबार २.५६ अंकले बढेर बन्द



अ+ अ-

काठमाडौं । गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक मंगलबार भने २.५६ अंक बढेर बन्द भएको छ । यो दिन शेयर बजार ०.११ प्रतिशत बढेर २ हजार ३ सय ९१ दशमलव ७४ विन्दुमा पुगेर बन्द भएको हो ।

सोमबर ०.७५ प्रतिशत अर्थात् १८.०७ अंक घटेर २ हजार ३ सय ८९.१९ विन्दुमा बन्द भएको नेप्से परिसूचक मंगलबार २ हजार ४०० .०५ विन्दुदेखि खुला भएको थियो । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशत बढेर ४३०.४९ विन्दुमा पुगेको छ । 

आजको दिन नेप्सेमा कारोबार रकम भने कम भएको छ । यो दिन २१६ कम्पनीको ४६ हजार ५४० पटकको व्यापारमा रू. ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार बराबरको ९० लाख १२ हजार ८५३ कित्ता शेयर किनबेच भएको छ । लामो समय निरन्तर बजार घटेपछि मंगलबार भने अन्तिम समयमा सस्तोमा शेयर खरीद गर्ने सक्रिय हुँदा बजार केहि अंक माथि पुगेको देखिन्छ ।

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको सर्वाधिक १.९२ प्रतिशत घटेको छ । यो दिन बैंकिङको ०.२१ प्रतिशत, वित्तको ०.११ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.४४ प्रतिशत, लघुवित्तको ०.६७ प्रतिशत, जीवन बीमाको १.४६ प्रतिशत र लगानी समुहको ०.२२ प्रतिशत परिसूचक बढेको हो । 

यस दिन चन्द्रागिरी हिल्स लिमिटेडसहित पाँच वटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । उक्त कम्पनीको ९.९८ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार ६९ र जोशी हाइड्रोपावरको ९.९२ प्रतिशत बढेर अन्तिम मूल्य रू. १३३ पुगेको छ ।

व्यापारिक समूहको सर्वाधिक परिसूचक घटेको बजारमा विकास बैंकको ०.०९ प्रतिशत, जलविद्युतको १.५१ प्रतिशत, निर्जीवन बीमाको ०.५३ प्रतिशत, अन्यको १.०७ प्रतिशत र म्युचुअल फण्डको ०.०६ प्रतिशत परिसूचक घटेको छ ।

त्यस्तै घलेम्दी हाइड्रोको ९.८३ प्रतिशत बढेर रू. १९०, ग्रीन लाइफ हाइड्रोको ९.७० प्रतिशत बढेर रू. ३२८ र खानीखोला हाइड्रोपावरको ९.४० प्रतिशत बढेर अन्तिम मूल्य रू. १२८ कायम भएको छ । ग्रीन लाइफ हाइड्रोको पहिलो कारोबार दिनमै शेयरमूल्य उच्च दरमा बढेको हो ।

कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल लाईफ इन्स्योरेन्सले ओगटेको छ । नेपाल लाईफको यो दिन रू. १९ करोड ३८ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य यस दिन प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ९९७ कायम भएको छ ।

यो दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य सर्वाधिक ८.८१ प्रतिशतले घटेको छ । कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ३६३ ले घटेर अन्तिम मूल्य रू. १४ हजार १०० कायम भएको हो ।