११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक मंगलबार २.५६ अंकले बढेर बन्द



अ+ अ-

काठमाडौं । गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक मंगलबार भने २.५६ अंक बढेर बन्द भएको छ । यो दिन शेयर बजार ०.११ प्रतिशत बढेर २ हजार ३ सय ९१ दशमलव ७४ विन्दुमा पुगेर बन्द भएको हो ।

सोमबर ०.७५ प्रतिशत अर्थात् १८.०७ अंक घटेर २ हजार ३ सय ८९.१९ विन्दुमा बन्द भएको नेप्से परिसूचक मंगलबार २ हजार ४०० .०५ विन्दुदेखि खुला भएको थियो । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशत बढेर ४३०.४९ विन्दुमा पुगेको छ । 

आजको दिन नेप्सेमा कारोबार रकम भने कम भएको छ । यो दिन २१६ कम्पनीको ४६ हजार ५४० पटकको व्यापारमा रू. ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार बराबरको ९० लाख १२ हजार ८५३ कित्ता शेयर किनबेच भएको छ । लामो समय निरन्तर बजार घटेपछि मंगलबार भने अन्तिम समयमा सस्तोमा शेयर खरीद गर्ने सक्रिय हुँदा बजार केहि अंक माथि पुगेको देखिन्छ ।

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको सर्वाधिक १.९२ प्रतिशत घटेको छ । यो दिन बैंकिङको ०.२१ प्रतिशत, वित्तको ०.११ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.४४ प्रतिशत, लघुवित्तको ०.६७ प्रतिशत, जीवन बीमाको १.४६ प्रतिशत र लगानी समुहको ०.२२ प्रतिशत परिसूचक बढेको हो । 

यस दिन चन्द्रागिरी हिल्स लिमिटेडसहित पाँच वटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । उक्त कम्पनीको ९.९८ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार ६९ र जोशी हाइड्रोपावरको ९.९२ प्रतिशत बढेर अन्तिम मूल्य रू. १३३ पुगेको छ ।

व्यापारिक समूहको सर्वाधिक परिसूचक घटेको बजारमा विकास बैंकको ०.०९ प्रतिशत, जलविद्युतको १.५१ प्रतिशत, निर्जीवन बीमाको ०.५३ प्रतिशत, अन्यको १.०७ प्रतिशत र म्युचुअल फण्डको ०.०६ प्रतिशत परिसूचक घटेको छ ।

त्यस्तै घलेम्दी हाइड्रोको ९.८३ प्रतिशत बढेर रू. १९०, ग्रीन लाइफ हाइड्रोको ९.७० प्रतिशत बढेर रू. ३२८ र खानीखोला हाइड्रोपावरको ९.४० प्रतिशत बढेर अन्तिम मूल्य रू. १२८ कायम भएको छ । ग्रीन लाइफ हाइड्रोको पहिलो कारोबार दिनमै शेयरमूल्य उच्च दरमा बढेको हो ।

कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल लाईफ इन्स्योरेन्सले ओगटेको छ । नेपाल लाईफको यो दिन रू. १९ करोड ३८ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य यस दिन प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ९९७ कायम भएको छ ।

यो दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य सर्वाधिक ८.८१ प्रतिशतले घटेको छ । कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ३६३ ले घटेर अन्तिम मूल्य रू. १४ हजार १०० कायम भएको हो ।




भर्खरै