२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ: सभामुख घिमिरे



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढंगले अघि बढ्न नसकेको उल्लेख गर्दै उहाँले त्यसका लागि निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

शुक्रवार ललितपुरमा आयोजित राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै सभामुख घिमिरेले कृषि सहकारीको माध्यामबाट कृषि क्षेत्रमा लगानी बढाउन र युवाहरुलाई सो पेशामा आकर्षित गर्नुपर्नेमा पनि जोड दिनुभयो । सभामुख घिमिरेले कुनै बेला कृषिमा आत्मनिर्भर भएको नेपाल आज विदेशिको भर पर्नुपर्ने अवस्था आउनु दु:खद् भएको उल्लेख गर्दै त्यस्तो हुन नदिनका लागि कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रको बजारीकरणका लागि नेपालले रैथाने प्रजातिका कृषि उत्पादनमा लाग्नुपर्ने बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘हाम्रा रैथाने प्रजातिहरु खासगरी कृषि क्षेत्रमा के–के हुन ? तिनीहरुलाई हाम्रो सन्दर्भमा उत्पादकत्व वृद्धिका लागि चाहिने तत्वहरु के हो ? त्यो तत्वहरु उत्पादन गर्ने अथवा त्यसको बजारीकरण गर्ने र त्यसलाई उपलब्ध गराएर सबै किसानहरुलाई त्यो चिजको उत्पादन गर्न प्रेरित गर्ने कामहरु कसरी गर्न सकिन्छ ? यो निश्चय पनि राज्यले, त्यसमा पनि कृषि मन्त्रालयले, त्यसको पनि खास विभागले लामो समयसम्म अध्ययन, अनुसन्धान र यसलाई बजारीकरणको लागि कोशिस गर्दाखेरी पनि हामीलाई चाहिएको मात्राबाट प्रगति गर्न सकिरहेको छैन जस्तो मलाई लाग्छ । त्यस्तो बेलामा निजी क्षेत्रबाट एउटा सामूहिक प्रयत्न गरेर विज्ञहरुको विचारलाई लिएर यसको प्रवद्र्धन गर्नका लागि, कृषि क्षेत्रको प्रवद्र्धन कसरी गर्न सकिन्छ ? यसमा लगानी गर्नका लागि वित्तीय स्रोत कसरी संकलन गर्न सकिन्छ ? बैंकहरुलाई कसरी प्र योग गर्न सकिन्छ ? र, यसलाई उत्पादन नहुने ठाउँहरुको माटो परीक्षण गरेर त्यहाँ के उत्पादन गर्न सकिन्छ ? र, अहिले देशमा कृषि क्षेत्र विभिन्न कारणले पछाडि परिरहेको छ ।’

सभामुख घिमिरेले भन्नुभयो, ‘अहिलेका युवाहरु कृषि कार्यमा विकर्षण पैदा भईरहेको छ । उनीहरु कुनै न कुनै ढंगबाट शहरीकरणबाट प्रभावित भएका छन् । शहरतिर आकर्षित भइरहेका छन् । र कृषि पेशालाई आत्मनिर्भर बनाउने एउटा गौरवशाली पेशा हुनुपर्नेमा त्यो तल्लो दर्जाको पेशा, क्षमता र योग्यता नहुनेले गर्ने पेशा । यो पेशाबाट खास आम्दानी नहुने पेशाको रुपबाट तिरस्कृत भएकोले गर्दा आज हामी खाद्यन्नमा आत्मनिर्भर भएको मुलुक, हिजो सुरुसुरुका दिनमा खाद्यन्न निर्यात गरेर आयआर्जन गर्ने र अन्य औद्योगिक वस्तुहरु त्यसको आम्दानीबाट प्राप्त गर्ने मुलुक आज हामी विदेशीहरुको भर पर्नुपर्ने एउटा निकै प्रतिकुल परिस्थिति आइरहेको छ । अहिले पनि हामी कृषि प्रदान देशका जनताहरु तर हाम्रो कृषि विदेशमाथि निर्भर हुन पगिरहेको छ । यस्तो बेलामा यो खाद्य बैंकले यसका समस्याहरुलाई पहिचान गर्ने र युवाहरुलाई वैज्ञानिक ढंगबाट खेती प्रणालीमा प्रेरित गर्ने, हाम्रा महत्वपूर्ण कृषि उपजहरुमा पाईने तत्वहरुको संरक्षण गर्ने, अझ त्यसलाई मानिसहरुको जीवनका लागि चाहिने तत्वहरुको विकास गर्ने र त्यसको उत्पादनमा बजारीकरण गर्ने, त्यो बजारीकरण गर्नका लागि कृषि सहकारीहरुको माध्यमबाट, साना किसानहरुको माध्यामबाट लगानी गर्ने र साझा कृषिबाली र साझा खेतीमा प्रेरित गर्ने र ठूलाठूलो चक्लाबन्दीका कार्यक्रमहरु ल्याएर कृषिलाई अगाडि लैजाने समेत यसले लक्ष्य राखेको छ ।’

सभामुख घिमिरेले युवाहरुलाई वैज्ञानिक ढंगबाट कृषि पेशामा आउनका लागि प्रेरित हुने खालका गतिविधिलाई बढावा दिनुपर्ने बताउनु भयो ।