१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ: सभामुख घिमिरे

कृषिमा आत्मनिर्भर बन्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ: सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढंगले अघि बढ्न नसकेको उल्लेख गर्दै उहाँले त्यसका लागि निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

शुक्रवार ललितपुरमा आयोजित राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो बार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै सभामुख घिमिरेले कृषि सहकारीको माध्यामबाट कृषि क्षेत्रमा लगानी बढाउन र युवाहरुलाई सो पेशामा आकर्षित गर्नुपर्नेमा पनि जोड दिनुभयो । सभामुख घिमिरेले कुनै बेला कृषिमा आत्मनिर्भर भएको नेपाल आज विदेशिको भर पर्नुपर्ने अवस्था आउनु दु:खद् भएको उल्लेख गर्दै त्यस्तो हुन नदिनका लागि कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले कृषि क्षेत्रको बजारीकरणका लागि नेपालले रैथाने प्रजातिका कृषि उत्पादनमा लाग्नुपर्ने बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘हाम्रा रैथाने प्रजातिहरु खासगरी कृषि क्षेत्रमा के–के हुन ? तिनीहरुलाई हाम्रो सन्दर्भमा उत्पादकत्व वृद्धिका लागि चाहिने तत्वहरु के हो ? त्यो तत्वहरु उत्पादन गर्ने अथवा त्यसको बजारीकरण गर्ने र त्यसलाई उपलब्ध गराएर सबै किसानहरुलाई त्यो चिजको उत्पादन गर्न प्रेरित गर्ने कामहरु कसरी गर्न सकिन्छ ? यो निश्चय पनि राज्यले, त्यसमा पनि कृषि मन्त्रालयले, त्यसको पनि खास विभागले लामो समयसम्म अध्ययन, अनुसन्धान र यसलाई बजारीकरणको लागि कोशिस गर्दाखेरी पनि हामीलाई चाहिएको मात्राबाट प्रगति गर्न सकिरहेको छैन जस्तो मलाई लाग्छ । त्यस्तो बेलामा निजी क्षेत्रबाट एउटा सामूहिक प्रयत्न गरेर विज्ञहरुको विचारलाई लिएर यसको प्रवद्र्धन गर्नका लागि, कृषि क्षेत्रको प्रवद्र्धन कसरी गर्न सकिन्छ ? यसमा लगानी गर्नका लागि वित्तीय स्रोत कसरी संकलन गर्न सकिन्छ ? बैंकहरुलाई कसरी प्र योग गर्न सकिन्छ ? र, यसलाई उत्पादन नहुने ठाउँहरुको माटो परीक्षण गरेर त्यहाँ के उत्पादन गर्न सकिन्छ ? र, अहिले देशमा कृषि क्षेत्र विभिन्न कारणले पछाडि परिरहेको छ ।’

सभामुख घिमिरेले भन्नुभयो, ‘अहिलेका युवाहरु कृषि कार्यमा विकर्षण पैदा भईरहेको छ । उनीहरु कुनै न कुनै ढंगबाट शहरीकरणबाट प्रभावित भएका छन् । शहरतिर आकर्षित भइरहेका छन् । र कृषि पेशालाई आत्मनिर्भर बनाउने एउटा गौरवशाली पेशा हुनुपर्नेमा त्यो तल्लो दर्जाको पेशा, क्षमता र योग्यता नहुनेले गर्ने पेशा । यो पेशाबाट खास आम्दानी नहुने पेशाको रुपबाट तिरस्कृत भएकोले गर्दा आज हामी खाद्यन्नमा आत्मनिर्भर भएको मुलुक, हिजो सुरुसुरुका दिनमा खाद्यन्न निर्यात गरेर आयआर्जन गर्ने र अन्य औद्योगिक वस्तुहरु त्यसको आम्दानीबाट प्राप्त गर्ने मुलुक आज हामी विदेशीहरुको भर पर्नुपर्ने एउटा निकै प्रतिकुल परिस्थिति आइरहेको छ । अहिले पनि हामी कृषि प्रदान देशका जनताहरु तर हाम्रो कृषि विदेशमाथि निर्भर हुन पगिरहेको छ । यस्तो बेलामा यो खाद्य बैंकले यसका समस्याहरुलाई पहिचान गर्ने र युवाहरुलाई वैज्ञानिक ढंगबाट खेती प्रणालीमा प्रेरित गर्ने, हाम्रा महत्वपूर्ण कृषि उपजहरुमा पाईने तत्वहरुको संरक्षण गर्ने, अझ त्यसलाई मानिसहरुको जीवनका लागि चाहिने तत्वहरुको विकास गर्ने र त्यसको उत्पादनमा बजारीकरण गर्ने, त्यो बजारीकरण गर्नका लागि कृषि सहकारीहरुको माध्यमबाट, साना किसानहरुको माध्यामबाट लगानी गर्ने र साझा कृषिबाली र साझा खेतीमा प्रेरित गर्ने र ठूलाठूलो चक्लाबन्दीका कार्यक्रमहरु ल्याएर कृषिलाई अगाडि लैजाने समेत यसले लक्ष्य राखेको छ ।’

सभामुख घिमिरेले युवाहरुलाई वैज्ञानिक ढंगबाट कृषि पेशामा आउनका लागि प्रेरित हुने खालका गतिविधिलाई बढावा दिनुपर्ने बताउनु भयो ।