१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस: इतिहासलाई पर्यटनसँग जोडेर समृद्धि हासिल गराै‌

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस: इतिहासलाई पर्यटनसँग जोडेर समृद्धि हासिल गराै‌
अ अ+ अ-

गोरखा: राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको इतिहास र योगदानको प्रचार–प्रसार गर्दै त्यसलाई पर्यटनसँग जोडेर गोरखाले विकास र समृद्धि हासिल गर्न सक्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

तीन सय दुई औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसकोे अवसरमा नेपाल एकीकरणका अभियान्ता तत्कालीन राजा पृथ्वीनाराण शाहको जन्मथलो गोरखामा आज आयोजित कार्यक्रममा सहभागीले अब इतिहासको चर्चा मात्र गर्ने नभई इतिहासलाई समृद्धिका लागि उपयोगसमेत गर्नुपर्ने बताएका हुन् ।

“पृथ्वीनारायण शाहको इतिहासलाई ऐतिहासिक पर्यटनसँग जोडेर गोरखाको समृद्धिको थालनी गर्न सक्नुपर्छ”, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरले भन्नुभयो, “यसले इतिहासको सम्मान मात्र नभएर वर्तमानलाई पनि एउटा गौरवपूर्ण इतिहास बनाउन सकिन्छ ।”

उहाँले पृथ्वीनारायण शाहको दिव्य उपदेशबाट सिकेर सबै एकताबद्ध भई समृद्धिको उचाइ हासिल गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रनिर्माता शाहको कुसल नेतृत्व र दूरदर्शिताका कारण आज नेपाल विश्वसामु परिचित भएको भन्दै थापामगरले अनुकरणीय कार्यको सबै क्षेत्रले अनुशरण गर्नु आवश्यक भएको बताउनुभयो ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरणको अभियानबाट नै आधुनिक नेपालको जगको सुरुआत भएको बताउनुभयो । “यो इतिहास गोरखाको गौरव बनेर रहेको छ । यो इतिहासलाई अध्ययन गर्न यहाँ आउन चाहानेका लागि मध्यनजर गर्दै गोरखालाई नेपाल एकीकरणको इतिहासको अध्ययन गर्ने प्रमुख थलोका रुपमा विकास गर्नुपर्छ भनेर लागि रहेका छौँ”, उहाँले भन्नुभयो, “इतिहासलाई अब पर्यटनसँग पनि जोडेर समृद्धिको थालनीसमेत गर्नेछौँ ।”

सदरमुकाममा रहेको ठूलो आँगनमा हरेक दिन बिहान र साँझ राष्ट्रनिर्माताको सम्मानमा सेनाले शाहको सालिकमा सलामी अर्पण गर्ने गरेको भन्दै यही सलामी हेर्नका लागि पर्यटक गोरखा आउने भएकाले यहाँ बस्ने र घुम्ने वातावरण बन्दै गएको प्रमुख रानामगरले बताउनुभयो । “नेपाली सेना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको आयोजनामा पाँच वर्षदेखि शाहले नेपाल एकीकरण गर्दा प्रयोग गरेका पदमार्गमा पदयात्रा गरी पदमार्गको प्रचारप्रसार पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “इतिहासलाई अब इतिहास मात्र होइन समृद्धि र जनताको सुन्दर भविष्यका लागि उपयोग गर्न सक्नुपर्छ ।”

कार्यक्रममा नागरिक समाजका अगुवा मोहनलाल श्रेष्ठले राजनीतिक परिवर्तनका घटनाक्रम चलिरहने भए पनि इतिहासलाई कहिल्यै मर्न दिन नहुने बताउनुभयो । “जसले मुलुकका लागि इतिहासका लागि काम गर्छ तिनलाई स्मरण र सम्मान गरिरहनुपर्छ”, उहाँले भन्नुभयो, “यसले मुलुक सञ्चालन गर्नेलाई आफू जिम्मेवारीमा रहेका बेला सकारात्मक काम गर्नुपर्छ भन्ने प्रेरणासमेत पैदा गर्दछ ।”

कार्यक्रममा ठूलो आँगनमा रहेका राष्ट्रनिर्माता शाहको सालिकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सलामी दिनुका साथै गोरखा नगरप्रमुख रानामगरले शाहको सालिकमा माल्र्यापण गरी शाहलाई सम्मानसमेत गर्नुभएको थियो । पृथ्वीजयन्तीको अवसरमा आज बिहान गोरखा सदरमुकाममा बाँजागाँजासहित प्रभातफेरी निकालिएको थियो । रासस