• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   नेपालले टस हार्यो, पहिला फिल्डिङ​ गर्ने ★   प्रतितोला २७ सयले घट्यो सुनको मूल्य ★   अफगानिस्तानको मस्जिदमा अन्धाधुन्ध गोली प्रहार: ६ जनाको मृत्यु ★   हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा ★   ललितपुर डढेलो: अर्का घाइतेको पनि मृत्यु ★   नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा ★   ‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’ ★   रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो : प्रधानमन्त्री ★   बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै ★   मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा

रास्वपा र राप्रपा भन्छन्: संक्रमणकालीन न्याय सहमतिबाटै अघि बढाऔँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताउनुभएको छ । रोल…

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरु सहमितको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अफ्ठ्यारा महशुस गरिएको ठाउँमा उदारता देखाएर भएपनि विधेयक टुंग्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी धेरै नै नजिक भइसकेका छौँ । यो टुंग्याउने ठाउँमा पुगिसकेका छौँ । बाँकी जो छन् यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ । जतिपति अफ्ठ्यारा महशुस गरिएको छ, यसमा हाम्रो अलिकित व्यवहार, अनुभवबाट पनि हेर्नुपर्छ । यसमा संक्रमण कालीन न्यायको परिधिभित्र बसेर छलफल गर्नुपर्छ । संक्रमणकालीन न्याय जिम्मेवारी बोध र उदारतापना बिना सम्भव भएको छैन । सिमितता हुनु भएन ।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताउनु भयो । उहाँले विधेयकलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहमतिबाट टुंगो लगाऔँ । प्रक्रियाबाट अघि बढाउने काम सकभर नगरौँ । किनभने हामीभित्र यतिमा पनि एउटा सहमति बन्न सकेन । यसलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु हुँदैन । किनभने पार्टीका सिद्धान्तहरु फरकफरक हुन्छन् । त्यस भन्दा माथि उठेर गर्नुपर्छ । अझै पनि दुई महिना थपौँ । टुंग्याऔँ ।’

सांसद प्रधानले अझै केही समय थप गरेर सहमतिबाटै विधेयक टुंग्याउनुपर्ने बताउनु भयो ।