२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्डर्स नेपालले आईपीओ जारी गर्ने: यस्ता छन् नयाँ योजना



अ+ अ-

काठमाडौं । काठमाडौंको कमलादीस्थितमा रहेको वन्डर्स नेपालले आईपीओ जारी गर्ने भएको छ । पुस २५ गते सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आईपीओ जारी गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो ।

कम्पनीकै रजिष्टर्ड कार्यालय स्काईवाक नेपाल कमलादी परिसरमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष ०७९/८० को वित्तीय विवरण पारित गरेको छ । सभाले आगामी योजनाहरु समेत पारित गर्ने संञ्चालमा आएका र तयार हुदै गरेका परियोजनाहरुका बारेमा पनि गहन समिक्षा गरेको छ ।

वन्डर्स नेपालका प्रमुख कार्यकारी अधिकृत नविन भण्डारीका अनुसार असार १५ गते देखी टावर संञ्चालनमा आएको र पुस २४ गते सम्ममा करिब ७६ हजार व्यक्तिले टाबर चढेका छन् ।

पछिल्ला दिन आन्तरिक संगै भारतीय पर्यटकहरुको संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको जानकारी गराउदै उहाँले भन्नुभयो ‘यो क्षेत्र बिस्तारै उपत्यकाको एक प्रमुख पर्यटककिय गन्तव्य बन्दै गएको छ ।’

आगामी फाल्गनु बाट बिभिन्न फुड कोर्ट सहित सिटी बन्जी जम्प लगायत थप साहसिक गतिविधि विस्तार गरि सेवाको दायरा फराकिलो बनाउदै लैजाने कम्पनीले जनाएको छ । वन्डर्स नेपालका परियोजना निर्देशक ई सञ्जिब रोक्काले टावर आई एस ओ बाट प्रमाणीकरण भएको र माहानगरभित्र धेरै कर बुझाउने संस्थामा रुपमा रहेको छ।

साढे १३ रोपनी जग्गामा फैलिएको ७८.५ मिटर अर्थात २५७.५ फिट उचाइको टावरको सबैभन्दा माथिको भागबाट ३६० डिग्रीमा काठमाडौँ नियाल्न सकिन्छ ।

स्काई टावरको लिफ्ट ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र रोकिनेछ । टावरमा फुडकोर्ड मिटिङ हललगायतका क्षेत्र रहेका छन् । टावरको सबैभन्दा माथि स्काई वाक रहेको छ जहाँ पूर्ण पारदर्शी सिसा संरचनामा पदयात्रा गर्न सकिने छ ।

दुई हजार स्क्वायर फिट मा स्काई वाक गर्न सकिने छ भने सुरक्षाका लागि वरिपरि ६ फिट अग्लो ग्लासको रेलिङ राखिएको छ । टावरको ७५ मिटर उचाइमा सिसामाथि हिँड्दा अवलोकनकर्तालाई आकाशमा हिँडेको जस्तै अनुभूति हुने निर्माण कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘आकाशमा हिँडेको अनुभूति गराउनलाई सिसामा टेकेर हिँडनलाई १० एमएमको टेमपड ग्लास, १.२ को ल्यामिनेटिङ लेयर, फेरी १० एमएमको ग्लास, १.२ एमएम एसटिपी र १० एमएमको ग्लास गरेर ५ वटा लेयरमा निर्माण गरिएको छ । जसलाई हेम्मरले फुटाउँदा पनि तल र माथि फुट्दैन बीचमा मात्रै फुट्ने गर्छ । केही कतै त्यस्तो हुन गएरमा स्टकमा ग्लास रहेको छ ।’

टावरको सबैभन्दा माथि एकै पटक ५ सय जनासम्म रहन सक्नेछन् । स्टिल स्ट्रक्चरमा निर्माण भएको यो टावर निकै आकर्षक र मनमोहक देखिन्छ । कम्पनीका अनुसार टावरमा इभेन्टहरु पनि गर्न सकिने छ ।

साथै टावर परिसरमा बगैँचा, फुडकोर्ट तथा विभिन्न व्यापारिक केन्द्रहरु रहने गरी ३६ ओटा भन्दा बढी सटरहरु निर्माण भएका छन् ।