३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोल्डेन ग्लोब्सः ‘ओपेनहाइमर’ले उत्कृष्ट चलचित्रसहित ५ वटा अवार्ड जित्यो



अ+ अ-

एजेन्सी । प्रसिद्ध निर्देशक क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ ले ८१ औं गोल्डेन ग्लोब्समा उत्कृष्ट चलचित्रसहित ५ अवार्ड जितेको छ । यस्तै, मार्गोट रोबी स्टारर फिल्म ‘बार्बी’ले सिनेमेटिक र बक्स अफिस अचिभमेन्ट अवार्ड जितेको छ ।

समारोहमा अभिनेता सिलियन मर्फीले फिल्म ‘ओपेनहाइमर’का लागि उत्कृष्ट अभिनेता (नाटक) विधामा अवार्ड जिते । चलचित्र ‘किलर्स अफ द फ्लावर मुन’बाट अभिनेत्री लिली ग्लाडस्टोनलाई उत्कृष्ट अभिनेत्री (नाटक) अवार्ड दिइयो ।

गोल्डेन ग्लोब्स २०२४मा, बार्बीले ९ विधामा र ओपेनहाइमरले ८ विधामा सबैभन्दा बढी नोमिनेशन प्राप्त गरे । ‘द होल्डओभर्स’ र ‘पुअर थिंग्स’ जस्ता फिल्मले पनि समारोहमा धेरै प्रशंसा पाएका थिए ।

अवार्ड समारोह अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसस्थित बेभर्ली हिल्टन होटलमा आयोजना गरिएको थियो । कार्यक्रममा निकोलस केज, मार्गोट रोबी, लियोनार्डो डिक्याप्रियो, मेरिल स्ट्रिप, फ्लोरेन्स पग, एन्जेला बासेट, टेलर स्विफ्ट, दुआ लिपा लगायत धेरै ठूला सेलेब्स सहभागी थिए ।