११ श्रावण २०८३, सोमबार
,
Latest
‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोल्डेन ग्लोब्सः ‘ओपेनहाइमर’ले उत्कृष्ट चलचित्रसहित ५ वटा अवार्ड जित्यो



अ+ अ-

एजेन्सी । प्रसिद्ध निर्देशक क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ ले ८१ औं गोल्डेन ग्लोब्समा उत्कृष्ट चलचित्रसहित ५ अवार्ड जितेको छ । यस्तै, मार्गोट रोबी स्टारर फिल्म ‘बार्बी’ले सिनेमेटिक र बक्स अफिस अचिभमेन्ट अवार्ड जितेको छ ।

समारोहमा अभिनेता सिलियन मर्फीले फिल्म ‘ओपेनहाइमर’का लागि उत्कृष्ट अभिनेता (नाटक) विधामा अवार्ड जिते । चलचित्र ‘किलर्स अफ द फ्लावर मुन’बाट अभिनेत्री लिली ग्लाडस्टोनलाई उत्कृष्ट अभिनेत्री (नाटक) अवार्ड दिइयो ।

गोल्डेन ग्लोब्स २०२४मा, बार्बीले ९ विधामा र ओपेनहाइमरले ८ विधामा सबैभन्दा बढी नोमिनेशन प्राप्त गरे । ‘द होल्डओभर्स’ र ‘पुअर थिंग्स’ जस्ता फिल्मले पनि समारोहमा धेरै प्रशंसा पाएका थिए ।

अवार्ड समारोह अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलसस्थित बेभर्ली हिल्टन होटलमा आयोजना गरिएको थियो । कार्यक्रममा निकोलस केज, मार्गोट रोबी, लियोनार्डो डिक्याप्रियो, मेरिल स्ट्रिप, फ्लोरेन्स पग, एन्जेला बासेट, टेलर स्विफ्ट, दुआ लिपा लगायत धेरै ठूला सेलेब्स सहभागी थिए ।