३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग

सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग
अ+ अ-

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आजदेखि औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिँदैछ। मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा निर्माण गरिएको परियोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसहितका अधिकारीको उपस्थितिमा हुने कार्यक्रम छ।

निर्माण सम्पन्न भएसँगै सुरुङमार्ग निर्माणपक्षले नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको हो। यता, सुरुङमार्ग उद्घाटनको तयारी भइरहेका बेला चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दा भने आफ्ना माग पूरा गराउन दबाब दिँदै सडकमा उत्रिएका छन्। नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।

आयोजनाबाट प्रभावित स्थानीयले सुरक्षाका लागि आकाशेपुल निर्माण गर्नुपर्ने र सडक पेटी विस्तार गर्नुपर्ने माग गरेका छन्। उनीहरूले आयोजना प्रभावितलाई रोजगारीको सुनिश्चितता गर्नसमेत सरकारसँग माग गरेका छन्।

त्यस्तै, पैदलयात्रुको सहजताका लागि पर्याप्त जेब्रा क्रसिङ र ट्राफिक लाइटको व्यवस्था गर्नुपर्ने संघर्ष समितिको माग छ। यसैगरी, फ्लाई ओभर निर्माणको काम तत्काल अघि बढाउनुपर्ने र त्यसको नाम ‘किसिपिडी फ्लाई ओभर’ राख्नुपर्ने माग पनि स्थानीयले अघि सारेका छन्।

सुरुङमार्ग सञ्चालनमा आउन लागेकोमा खुसी भए पनि आयोजना निर्माणका क्रममा प्रभावित भएका स्थानीयका समस्या समाधान नगरी उद्घाटन मात्रै गर्न नहुने उनीहरूको भनाइ छ।