६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर कानून समितिले प्रधानमन्त्रीलाई बोलायो



अ+ अ-

काठमाडौँ । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरुको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिले यस्तो निर्देशन दिएको हो । बैठकमा सांसदहरुले दुईदिने नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरु प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए । समिति सदस्यहरुको मागअनुसार सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेशमन्त्री एस जयशंकर आउँदा भारतसँग भएका सम्झौताहरुका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो,‘दुई दिने नेपालको भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा. एस जयशंकर आउँदा भारतसँग भएका सम्झौता कानून न्याय तथा मानव अधिकार समितिलाई जानकारी गराउन सम्माननिय प्रधानमन्त्रीज्यु र सम्बन्धित मन्त्रालयमार्फत प्रधानमन्त्रीलाई निर्देशन गर्दछु ।’

उहाँले सरकारले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु हेर्ने क्षेत्राधिकार कानून समितिलाई रहेको भन्दै प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयले समितिमा जानकारी दिनु आवश्यक रहेको बताउनु भयो ।