८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

शिक्षा समितिमा शिक्षकहरुको आग्रहः ‘हामीलाई स्थायी गरिदिनुहोस्, पेन्सन दिनुहोस्’

शिक्षा समितिमा शिक्षकहरुको आग्रहः ‘हामीलाई स्थायी गरिदिनुहोस्, पेन्सन दिनुहोस्’
अ+ अ-

काठमाडौँ । राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुले आफुहरुको स्थायी व्यवस्थापन गर्न माग गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राहत शिक्षकहरुले आफूहरुलाई स्थायी रुपमा व्यवस्थापन गर्न माग गरेका हुन् । बैठकमा बोल्दै नेपाल राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षक अनुदान कोटामा कार्यरत राहत शिक्षकहरुलाई शिक्षक सेवा आयोगको आन्तरिक प्रतिष्पर्धाबाट पदपूर्ति गर्नुपर्ने बताउनु भयो । उहाँले राहत शिक्षकहरुले शिक्षणमा दुई दशक अविच्छिन्न सेवा गरेको तर यस अवधिको १८ वर्ष शिक्षक सेवा आयोग नखुलेकाले कारण आफूहरु स्थायी हुन नसकेको भन्दै राहत कोटामा कार्यरत शिक्षकहरुको स्थायी व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले राहत अनुदान कोटामा अविच्छिन्न सेवा गरेको अवधिको शतप्रतिशत सेवा अवधि स्थायी सेवामा जोड्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राहत अनुदान कोटाको शिक्षक स्थायी भएकोमा त्यस्तो अस्थायी, करार वा राहत अनुदान कोटामा अविच्छिन्न सेवा गरेको अवधिको शतप्रतिशत सेवा अवधि स्थायी सेवामा जोड्न आवश्यक देखिएको छ । सेवा अवधि बढुवा तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको प्रयोजनका लागि गणना गर्नुपर्ने भएको । राहत शिक्षक अनुदान कोटामा कार्यरत राहत शिक्षकहरुलाई शिक्षक सेवा आयोगको आन्तरिक प्रतिष्पर्धाबाट पदपुर्ति गर्नुपर्ने । शिक्षणमा दुई दशक अविच्छिन्न सेवा गरेको र १८ वर्ष शिक्षक सेवा आयोग नखुलेकाले राहत कोटामा कार्यरत शिक्षकहरुको स्थायी व्यवस्थापन गर्नुपर्ने । आन्तरिक प्रतिष्पर्धामा अनुत्र्तिण हुने राहत शिक्षकहरुलाई निजले गरेको सेवा अवधिको आधारमा आर्थिक प्याकेजमा जानुपर्ने ।’

बैठकमा बोल्दै पेन्सन वञ्चित शिक्षक केन्द्रिय संघर्ष समितिका अध्यक्ष अमृत कार्कीले आफूहरु स्थायी हुनुको अर्थ नै पेन्सन पाउनुभएको उल्लेख गर्दै आफूहरुलाई पेन्सनबाट वञ्चित गरिएको बताउनु भयो । उहाँले नयाँ विधेयकमार्फत् पेन्सन वञ्चित शिक्षकहरुलाई पेन्सन वञ्चित नगराइदिन आग्रह गर्नुभयो ।

त्यस्तै, पेन्सन वञ्चित शिक्षक समाजका अध्यक्ष सुदीप जोशीले नयाँ शिक्षा ऐन आउनुभन्दा अगाडी नियुक्ति पाएका शिक्षकहरुको हकमा पुरानै पेन्सन प्रणाली र नयाँ ऐन जारी भइसकेपछि नियुक्ति पाउने शिक्षकको हकमा नयाँ पेन्सन प्रणाली गरिदिनुपर्ने बताउनु भयो । उहाँले अस्थायी सेवा समेत जोडेर न्युनतम निभृतिभरणको व्यवस्था राज्यले गरिदिनु प¥यो ।

छुट अस्थायी, करार शिक्षक संघर्ष समितिका सचिव हिराचन थापा मगरले आफूहरु ०७५ सालमा सेवा अवधिका कारण आन्तरिक परीक्षा दिनबाट छुटेको भन्दै एकपटकलाई आन्तरिक परीक्षा दिने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले आन्तरिक परिक्षामा पनि उमेर हद पनि हटाउन माग गर्नुभयो ।

नेपाल बालविकास शिक्षक केन्द्रिय सङ्घर्ष समितिकि अध्यक्ष कृष्णकुमारी थापा मगरले प्रारम्भिक बाल विकास केन्द्र सम्बन्धी व्यवस्था आधारभूत तह तृतीय श्रेणी शिक्षक सरहको राष्ट्रिय मापदण्ड बमोजिम हुनुपर्ने बताउनु भयो । उहाँले प्रारम्भिक बाल विकासमा कार्यरत शिक्षकलाई स्वतः दरबन्दीमा रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै गरी बैठकमा बोल्दै बालविकास शिक्षक जयन्ती बस्नेतले आफूहरुको दुःखको मूल्यांकन विद्यालय र सरकारी निकायले नगरेको दुखेसो गर्नुभयो । उहाँले आफूहरुलाई विद्यालय र सरकारी निकायमा हेपिने गरेको बताउनु भयो । आफूहरुले बालबालिका पढाउनका लागि निकै दुःख गर्नुपरेको भन्दै त्यसको उचित मुल्यांकन हुनुपर्ने बताउनु भयो ।

उहाँले आफूहरु प्रतिष्पर्धाबाट नभागेको भन्दै आन्तरिक प्रतिष्पर्धामा जान तयार रहेको बताउनु भयो ।