• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो !

शिक्षा समितिमा शिक्षकहरुको आग्रहः ‘हामीलाई स्थायी गरिदिनुहोस्, पेन्सन दिनुहोस्’



काठमाडौँ । राहत अनुदान कोटामा कार्यरत शिक्षकहरुले आफुहरुको स्थायी व्यवस्थापन गर्न माग गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राहत शिक्षकहरुले आफूहरुलाई स्थायी रुपमा व्यवस्थापन गर्न माग गरेका हुन् । बैठकमा बोल्दै नेपाल राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षक अनुदान कोटामा कार्यरत राहत शिक्षकहरुलाई शिक्षक सेवा आयोगको आन्तरिक प्रतिष्पर्धाबाट पदपूर्ति गर्नुपर्ने बताउनु भयो । उहाँले राहत शिक्षकहरुले शिक्षणमा दुई दशक अविच्छिन्न सेवा गरेको तर यस अवधिको १८ वर्ष शिक्षक सेवा आयोग नखुलेकाले कारण आफूहरु स्थायी हुन नसकेको भन्दै राहत कोटामा कार्यरत शिक्षकहरुको स्थायी व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले राहत अनुदान कोटामा अविच्छिन्न सेवा गरेको अवधिको शतप्रतिशत सेवा अवधि स्थायी सेवामा जोड्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राहत अनुदान कोटाको शिक्षक स्थायी भएकोमा त्यस्तो अस्थायी, करार वा राहत अनुदान कोटामा अविच्छिन्न सेवा गरेको अवधिको शतप्रतिशत सेवा अवधि स्थायी सेवामा जोड्न आवश्यक देखिएको छ । सेवा अवधि बढुवा तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको प्रयोजनका लागि गणना गर्नुपर्ने भएको । राहत शिक्षक अनुदान कोटामा कार्यरत राहत शिक्षकहरुलाई शिक्षक सेवा आयोगको आन्तरिक प्रतिष्पर्धाबाट पदपुर्ति गर्नुपर्ने । शिक्षणमा दुई दशक अविच्छिन्न सेवा गरेको र १८ वर्ष शिक्षक सेवा आयोग नखुलेकाले राहत कोटामा कार्यरत शिक्षकहरुको स्थायी व्यवस्थापन गर्नुपर्ने । आन्तरिक प्रतिष्पर्धामा अनुत्र्तिण हुने राहत शिक्षकहरुलाई निजले गरेको सेवा अवधिको आधारमा आर्थिक प्याकेजमा जानुपर्ने ।’

बैठकमा बोल्दै पेन्सन वञ्चित शिक्षक केन्द्रिय संघर्ष समितिका अध्यक्ष अमृत कार्कीले आफूहरु स्थायी हुनुको अर्थ नै पेन्सन पाउनुभएको उल्लेख गर्दै आफूहरुलाई पेन्सनबाट वञ्चित गरिएको बताउनु भयो । उहाँले नयाँ विधेयकमार्फत् पेन्सन वञ्चित शिक्षकहरुलाई पेन्सन वञ्चित नगराइदिन आग्रह गर्नुभयो ।

त्यस्तै, पेन्सन वञ्चित शिक्षक समाजका अध्यक्ष सुदीप जोशीले नयाँ शिक्षा ऐन आउनुभन्दा अगाडी नियुक्ति पाएका शिक्षकहरुको हकमा पुरानै पेन्सन प्रणाली र नयाँ ऐन जारी भइसकेपछि नियुक्ति पाउने शिक्षकको हकमा नयाँ पेन्सन प्रणाली गरिदिनुपर्ने बताउनु भयो । उहाँले अस्थायी सेवा समेत जोडेर न्युनतम निभृतिभरणको व्यवस्था राज्यले गरिदिनु प¥यो ।

छुट अस्थायी, करार शिक्षक संघर्ष समितिका सचिव हिराचन थापा मगरले आफूहरु ०७५ सालमा सेवा अवधिका कारण आन्तरिक परीक्षा दिनबाट छुटेको भन्दै एकपटकलाई आन्तरिक परीक्षा दिने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले आन्तरिक परिक्षामा पनि उमेर हद पनि हटाउन माग गर्नुभयो ।

नेपाल बालविकास शिक्षक केन्द्रिय सङ्घर्ष समितिकि अध्यक्ष कृष्णकुमारी थापा मगरले प्रारम्भिक बाल विकास केन्द्र सम्बन्धी व्यवस्था आधारभूत तह तृतीय श्रेणी शिक्षक सरहको राष्ट्रिय मापदण्ड बमोजिम हुनुपर्ने बताउनु भयो । उहाँले प्रारम्भिक बाल विकासमा कार्यरत शिक्षकलाई स्वतः दरबन्दीमा रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै गरी बैठकमा बोल्दै बालविकास शिक्षक जयन्ती बस्नेतले आफूहरुको दुःखको मूल्यांकन विद्यालय र सरकारी निकायले नगरेको दुखेसो गर्नुभयो । उहाँले आफूहरुलाई विद्यालय र सरकारी निकायमा हेपिने गरेको बताउनु भयो । आफूहरुले बालबालिका पढाउनका लागि निकै दुःख गर्नुपरेको भन्दै त्यसको उचित मुल्यांकन हुनुपर्ने बताउनु भयो ।

उहाँले आफूहरु प्रतिष्पर्धाबाट नभागेको भन्दै आन्तरिक प्रतिष्पर्धामा जान तयार रहेको बताउनु भयो ।