८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

नीतिगत र व्यवहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैनः महासंघ अध्यक्ष ढकाल

नीतिगत र व्यवहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैनः महासंघ अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यवहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताउनु भएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभाका अवसरमा भर्चुअल सम्बोधन गर्दे अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसंग आफुहरुले निरन्तर पहल गरेको जानकारी गराउनु भयो ।

उहाँले भन्नुभयो “पछिल्लो पटक उद्योग व्यवसायका क्षेत्रमा विविध समस्या छन् । साना ठूला सवै तहका उद्योग व्यवसायका लागि विविध खालका चुनौती छन् । उद्योग गर्ने व्यवसाय गर्ने वातावरण बनाउन हामीले सरकारलाई पनि वारम्वार आग्रह गर्दै आएका छौं, विज्ञ लगाएर सुुझाव तयार गरी वुुझाएका पनि छौं ती कुरा कार्यन्वयन हुनु पर्‍यो ।”

अध्यक्ष ढकालले भन्नुभयो–पछिल्लो पटक ट्रङ तथा डेडिकेटेड लाइनको महशुल विवादले पनि उद्योगीहरु समस्यामा छन् । अहिले ठुला उद्योगहरुको डेडिकेटेड र टंकलाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको छ । यसले औद्योगिक वातावरण विगार्छ । यसको समाधानका लागि पनि सबै अध्ययन गर्न एक उच्चस्तरिय आयोग वा संयन्त्रको माग गरेका छौ । यो रकम ठूलो छ । कुनै एक निकायले यसलाई समाधान गर्न सक्दैन ।’

उहाँले निजी क्षेत्र सम्मिलित आयोग बनाई त्यसबाट समाधान निकाल्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘यसरी काटिएको लाइन जोडन र थप नकाटन म आग्रह गर्दछु । यसले रोजगारी र राजश्वमा असर गरेको छ । मन्दीमा रहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ ।’

अध्यक्ष ढकालले भन्नुभयो– ‘मुलुकभरिकै व्यापार व्यवसायलाई मुलुकको समग्र अर्थतन्त्रले प्रभावित पारेको छ । वाह्य क्षेत्र सकारात्मक भएपनि मुलुक भित्र माग सिर्जना हुन सकेको छैन । यो विगतमा हामीले एकपछि अर्को गर्दै गरेको नीतिगत निर्णयका कारण भएको हो । उहाँले भन्नुभयो मुलुकमा भविष्य नदेखेर युवाहरु पलायन भैरहेका छन् । रेमिट्यान्स त आएको छ तर उपभोग बढेको छैन । हामीले यो समस्या हुँदैछ, भनेर शुरुमै सरकारको ध्यानाकर्षण गराएका थियौ । तर समाधानमा ध्यान पुगेन ।’

हामीले असोजमा राष्ट्यि आर्थिक बहस आयोजना गर्यौ । त्यसमा अन्तरनिकाय समन्वय र नया चरणको सुधारका लागि आयोग वा उच्च संयन्त्रको हामीले माग गर्यौ । सोही अनुरुप प्रधानमन्त्रीज्यूले सम्वाद परिषद व्युत्याउने घोषणा त गर्नुभयो तर वैठक भएको छैन् उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो– ‘उद्योग मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अन्तरनिकाय सम्मिलित राष्ट्रिय व्यापार सहजीकरण समितिको कार्यविधि बनाउन निर्देशन दिनुभएको छ । हामीले माग गरेको यही र यस्तै संयन्त्र हो । जसले सम्वेदनशील भएर उद्यमीका समस्या समाधान गरोस् । यो तत्काल बन्नुपर्यो र संयन्त्र निर्माण हुनुपर्यो । हाम्रो आग्रह छ । हामीले थप व्यवसायिक वातावरण विगार्नु हुँदैन । नत्र हामी थप समस्यामा पर्दै जानेछौ । अहिले हालसम्मकै उच्च विदेशी विनिमय संचिति छ । अत्यधिक रेमिट्यान्स आइरहेको छ । बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त छ । यसको उपयोग निजी क्षेत्रले नै गर्ने हो । यसको वातावरण मात्रै सरकारले वनाइ दिने हो ।’

उहाँले भन्नुभयो – ‘यसका लागि महासंघले सातै वटा प्रदेशमा लगानी सम्मेलनको योजना पनि अगाडि सारेका जानकारी गराउदै कोहलपुरमा कुन क्षेत्रमा क्षेत्रमा लगानी ल्याउन सकिन्छ, उद्योग व्यवसायको सम्भाव्यता कतिको छ यसमा गृहकार्य गर्न आग्रह गर्नुभयो । लगानीका अवसर पहिचान गर्न सक्यौ भने लगानीको खांचो हुने छैन नहुने उहाँले स्पष्ट पार्नुभयो ।’