२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स



अ+ अ-

काठमाडौँ । नेपाल यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । समाचारमा जनाइएअनुसार यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

टी–२० विश्वकप आगामी जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्यान्ड, अमेरिका र क्यानडा रहेका छन् ।

प्रतियोगिताको समूह ‘बी’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । प्रतियोगिताको समूह ‘सी’ मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी रहेका छन् ।

प्रतियोगितामा सहभागी २० वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । आफ्नो समूहमा रहेका प्रत्येक टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । प्रारम्भिक चरणको समाप्तिपछि प्रत्येक समूहबाट दुई–दुईवटा टोली प्रतियोगिताको ‘सुपर आठ’ चरणमा पुग्नेछन् ।

‘सुपर आठ’ चरणमा पुग्ने आठवटा टोलीलाई पनि दुई—दुई समूहमा विभाजन गरिनेछ । ‘सुपर आठ’ चरणको समाप्तिपछि दुवै समूहमा सबैभन्दामाथि रहने दुई—दुई टोलीले प्रतियोगिताको सेमिफाइनल खेल्नेछन् ।