• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन

गंगा आरतीको भिडियो खिच्न निषेध गरिएकोमा पशुपति क्षेत्र विकास कोषको असहमति



file photo

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटल प्रालिले पशुपति क्षेत्रको गंगा आरतीको भिडियो खिच्न निषेध गरिएको भन्ने सूचनाबारे ध्यानाकर्षण जनाएको छ । बिहिबार विभिन्न सञ्चारमाध्यममा यसबारे समाचार समेत प्रकाशित भएको थियो ।

विकास कोषले एक सूचना जारी गर्दै भनेको छ – ‘बुढासुब्बा प्रालिले पशुपति आर्यघाट क्षेत्रको बागमति किनारमा हुने गंगा आरति र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही रहेको बताएको छ । यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउँदछौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएको प्रति कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै, कोषले लोगो प्रयोग गरी कोषको नाम समेत राखी सूचना प्रकाशित गरिएको भन्दै असहमति समेत जनाएको छ । यस्तै, कोषले उक्त सूचना प्रकाशितप्रति कोषको कुनैपनि संलग्नता नरहेको जनाएको छ ।