८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

तेस्रो विश्वमा सामाजिक सुरक्षाको सबैभन्दा बलियो जग निर्माण गर्ने काम नेकपा एमालेले गर्‍योः शंकर पोखरेल

तेस्रो विश्वमा सामाजिक सुरक्षाको सबैभन्दा बलियो जग निर्माण गर्ने काम नेकपा एमालेले गर्‍योः शंकर पोखरेल
अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले जीवनचक्रमा आधारित सामाजिक सुरक्षा प्रणाली विकास गरेको बताउनुभएको छ ।

राष्ट्रिय अपाङ्गता संगठन नेपालको १६ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नागरिकले सहज जीवनको लागि आमस्वतन्त्रताले मात्र सक्दैन भने राज्यले संरक्षण गर्नुपर्छ भनेर एमालेले सो प्रणाली विकास गरेको बताउनुभयो ।

जसले राज्यको लागि योगदान गर्न सक्दछ उसले राज्यलाई योगदान गर्नुपर्ने र नसक्नेलाई राज्यले संरक्षण गर्नुपर्ने उहाँले प्रष्ट पार्नुभयो । ‘बालबालिकालाई, ज्येष्ठ नागरिकलाई, एकल महिलालाई, अल्पसङ्ख्यकलाई, अपाङ्गता भएका नागरिकलाई सामाजिक सुरक्षा दायरामा समेट्नु पर्दछ भन्ने नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो’, पोखरेलले भन्नुभयो ।

सामाजिक सुरक्षाको अवधारणा मूलतः विकसित मुलुकको अवधारणा भएको उहाँले बताउनुभयो । ‘तर नेपालमा, तेस्रो विश्वमा सामाजिक सुरक्षाको सबैभन्दा बलियो जग निर्माण गर्ने काम नेकपा एमालेले नै गर्‍यो’, उहाँले भन्नुभयो ।

अपाङ्गता भएका व्यक्तिलाई राज्यले प्रमाणीकरण गरी सामाजिक सुरक्षा भत्ता कार्यक्रममा जोड्ने कार्य त्यसैको परिणाम भएको उहाँले बताउनुभयो । यद्यपि त्यसको दायरा फराकिलो बनाउन आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।

सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउनको लागि राज्य बलियो हुनु पर्ने उहाँले बताउनुभयो । कमजोर राज्यले सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउन र श्रोत वृद्धि गर्न नसक्ने पोखरेलको भनाइ छ । अहिले गठबन्धन सरकारले सामाजिक सुरक्षाको दायरालाई साँघुरो बनाउने र श्रोत घटाउने काम गरिरहेको भन्दै उहाँले आलोचना गर्नुभयो । सरकारले दिइरहेको सुविधालाई पनि बोझ ठानेको उहाँले बताउनुभयो । ‘यो प्रवृत्ति सामाजिक न्यायका हिसाबले अत्यन्त घातक छ’, पोखरेलले भन्नुभयो ।

एमाले सरकारमा हुँदा हरेक क्षेत्रमा केही न केही सकारात्मक परिवर्तन ल्याएको उहाँले बताउनुभयो । नेपाली हुँ भन्ने गर्व गर्ने अवस्था एमाले सरकारको पालमा भएको उहाँको भनाइ छ । नेपालको हितको पक्षमा छिमेकी मुलुकसँग पनि पारवहन सन्धिदेखि धेरै काम भएका उहाँले सुनाउनुभयो । पूर्वाधारको क्षेत्रमा त छलाङ नै मार्ने काम भएको उहाँले उदाहरण प्रस्तुत गर्नुभयो ।

पार्टी भित्र र बाहिरबाट पार्टी नै विभाजित गरेर एमालेको सरकार ढालिएको उहाँले बताउनुभयो । नेकपा एमालेलाई सिद्ध्याउने योजना अनुसार ती काम भएका पोखरेलले स्पष्ट पर्नुभयो । त्यो षडयन्त्रका विरुद्ध एमाले डटेर उभिएको उहाँले बताउनुभयो ।

अहिले गठबन्धन चुनाव जितेपछि जसरी पनि पाँच वर्षको लागि उभिनु पर्छ, जनतासँग गरिएको प्रतिबद्धता केही पनि होइनन् भन्ने हिसाबले लागेको पोखरेलले बताउनुभयो । त्यसैले उनीहरू जसरी पनि गठबन्धन जोगाउने खेलमा लागेका पोखरेलले बताउनुभयो ।

नेकपा एमाले अहिले जनताको रोजाइनको पहिलो पार्टी भए पनि मुलुकको आवश्यकताको हिसाबले एमालेको सामर्थ्य अझै कमजोर रहेको उहाँले बताउनुभयो । त्यसैले देशलाई, स्थिरता र बहुमतको सरकार दिन नेकपा एमालेले मिसन २०८४ भनेको उहाँले प्रष्ट पार्नुभयो ।

जनताको प्रयासले नेकपा एमाले यो ठाउँमा उभिन सफल भएको बताउँदै उहाँले यतिले मात्रै नपुगेको बताउनुभयो । नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।