४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासका उपनेताको लेबनानमा हत्या



अ+ अ-

एजेन्सी । इजरायली रक्षा बल (आईडीएफ)ले इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि चलिरहेको युद्धमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ ।

टाइम्स अफ इजरायलका अनुसार इजरायली रक्षा बल (आईडीएफ)ले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूमा ड्रोन आक्रमणको क्रममा हमासका उपनेता सालेह अल–अरौरीलाई मारेको छ । हमासले पनि यसको पुष्टि गरेको छ ।

हमास नेता इस्माइल हानियाले अरौरीको मृत्युको बदला लिने वाचा गरेका छन् । उनले यो आक्रमण लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन भएको बताउँदै अब जे भए पनि इजरायल आफै जिम्मेवार हुने चेतावनी दिए । अमेरिकी समाचार च्यानल सीएनएनको रिपोर्ट अनुसार आईडीएफले मङ्गलबार राति मध्य गाजामा रहेको हमासको खुफिया र नियन्त्रण केन्द्र कब्जा गरेको थियो ।

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले मंगलबार राति सञ्चारमाध्यमलाई इजरायली हमलामा हालसम्म २२ हजार प्यालेस्टिनी मारिएको जनाएको छ ।

विज्ञप्ति अनुसार ९ दिनमा एक हजार जनाको मृत्यु भएको छ । यसबाहेक जनवरी १ र २ को बीचमा २ सय ७ जनाको मृत्यु भएको छ । ३३८ जना घाइते भएको बताइएको छ । विज्ञप्तिमा मारिने र घाइतेमध्ये कति जना हमासका लागि लडिरहेका थिए भन्ने खुलाएको छैन ।