१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप फाईनल : एपीएफले कोशीलाई दियो १ सय १५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लबले कोशी प्रदेशलाई उपाधिको लागि १ सय १५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो । एपीएफके लागि प्रमुख ब्याटर इन्दु बर्माले अर्धशतक बनाईन् । उनले ४७ बलमा ६ चौका र १ छक्कासहित ५३ रनको योगदान दिइन् । निशा शाहले २७ रन बनाउदा सीता रानामगर १ रनमा बोल्ड आउट भईन् । यस्तै, रोमा थापाले १४ र ममता चौधरीले ३ रन बनाईन् ।

कोशीकी अप्सरी बेगमले अन्तिम ओभरमा ह्याट्रिक बनाईन् । उनले अन्तिम ओभरको पहिलो बल इन्दु बर्मा, दोस्रो बलमा नेरी र तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गर्दै ह्याट्रिक लिइन् ।  बेगमले  ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिइन् । एसिला खडियाले २ विकेट लिदा रुविना क्षेत्री र निशा शाहले १/१ विकेट लिइन् ।

प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् ।