• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

प्रधानमन्त्री कप फाईनल : एपीएफले कोशीलाई दियो १ सय १५ रनको लक्ष्य



काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपाल एपीएफ क्लबले कोशी प्रदेशलाई उपाधिको लागि १ सय १५ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १४ रन बनायो । एपीएफके लागि प्रमुख ब्याटर इन्दु बर्माले अर्धशतक बनाईन् । उनले ४७ बलमा ६ चौका र १ छक्कासहित ५३ रनको योगदान दिइन् । निशा शाहले २७ रन बनाउदा सीता रानामगर १ रनमा बोल्ड आउट भईन् । यस्तै, रोमा थापाले १४ र ममता चौधरीले ३ रन बनाईन् ।

कोशीकी अप्सरी बेगमले अन्तिम ओभरमा ह्याट्रिक बनाईन् । उनले अन्तिम ओभरको पहिलो बल इन्दु बर्मा, दोस्रो बलमा नेरी र तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गर्दै ह्याट्रिक लिइन् ।  बेगमले  ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिइन् । एसिला खडियाले २ विकेट लिदा रुविना क्षेत्री र निशा शाहले १/१ विकेट लिइन् ।

प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् ।