१२ श्रावण २०८३, मंगलवार
,
Latest
यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेद्वारा मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर, १५१ रुपैयाँ क्षतिपूर्ति माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । आज (मंगलबार)सभापति लामिछानेले वारेसमार्फत कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

लामिछानेले अधिवक्ता अफताब आलमलाईलाई वारेस राखेर मुद्दा दायर गरेका छन् । मुद्दामा कान्तिपुर पब्लिकेसन, अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई विपक्षी बनाइएको छ ।

कान्तिपुरमाथि झुठो र कपोलकल्पित समाचार प्रकाशन गरी सामाजिक, व्यवसायिक, राजनैतिक र पेशागत जीवन समाप्त पार्न खोजेको आरोप लगाइएको छ । कान्तिपुरले कुनियत राखेर चरित्र हत्या गरेको तथा मानमर्दन गरेको फिरादमा उल्लेख छ ।

प्रतिवादीहरुबाट सांकेतिक रूपमा क्षतिपूर्ति एक सय ५१ माग दाबी भएको छ ।

‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’ लामिछानेले फेसबुकमा भनेका छन् । ‘म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो ।’