२० पुष २०८१, शनिबार
,
Latest
गण्डकी र कर्णालीका हिमाली भूभागमा आंशिक बदली पत्रकार श्यामसुन्दर पुडासैनीको निधन निजी क्षेत्रको सहभागीतामार्फत् ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो कुन घट्यो २८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक आजदेखि देशभर एकैसाथ जलपन्छी गणना गरिँदै  भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेद्वारा मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर, १५१ रुपैयाँ क्षतिपूर्ति माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मिडियाविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । आज (मंगलबार)सभापति लामिछानेले वारेसमार्फत कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

लामिछानेले अधिवक्ता अफताब आलमलाईलाई वारेस राखेर मुद्दा दायर गरेका छन् । मुद्दामा कान्तिपुर पब्लिकेसन, अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई विपक्षी बनाइएको छ ।

कान्तिपुरमाथि झुठो र कपोलकल्पित समाचार प्रकाशन गरी सामाजिक, व्यवसायिक, राजनैतिक र पेशागत जीवन समाप्त पार्न खोजेको आरोप लगाइएको छ । कान्तिपुरले कुनियत राखेर चरित्र हत्या गरेको तथा मानमर्दन गरेको फिरादमा उल्लेख छ ।

प्रतिवादीहरुबाट सांकेतिक रूपमा क्षतिपूर्ति एक सय ५१ माग दाबी भएको छ ।

‘मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’ लामिछानेले फेसबुकमा भनेका छन् । ‘म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु । सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो ।’