२० आश्विन २०८१, आईतवार
,
Latest
विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जेन्टिनाले मेसीको १० नम्बरको जर्सी हटाउने



अ+ अ-

एजेन्सी । लियोनल मेसीले सन्यास लिएपछि उनको १० नम्बरको जर्सी पनि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले रिटायर गर्ने भएको छ । मेसीलाई सम्मान गर्दै अर्जेन्टिना फुटबल संघले यस्तो निर्णय गरेको हो । मेसीले अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छैनन् ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष कतारमा भएको विश्वकप फुटबलको उपाधि जितेको थियो । टोली ३६ वर्षपछि विश्व च्याम्पियन बनेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।

स्पेनिस अखबार मार्काले अर्जेन्टिना फुटबल संघ (एएफए)का अध्यक्ष क्लाउडियो तापियालाई उद्धृत गर्दै मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदा अरू कसैलाई पनि १० नम्बरको जर्सी लगाउन नपाउने बताएको छ । ‘मेसीको सम्मानमा १० नम्बरको जर्सी हटाइनेछ । हामी उनको लागि यति त गर्न सक्छौं ।’ समाचारमा भनिएको छ ।

मेसीअघि डिएगो म्याराडोनाले पनि अर्जेन्टिनाबाट खेल्दा १० नम्बरको जर्सी लगाएका थिए । अर्जेन्टिनाले सन् २००२ मा म्याराडोनाको सम्मानमा यो जर्सी रिटायर गर्ने प्रयास गरेको थियो तर अन्तर्राष्ट्रिय फुटबल महासंघको कडा नियमका कारण यो हुन सकेन ।

फिफा नियम अनुसार, टोलीले नम्बर १ देखि २३ सम्म प्रयोग गर्नुपर्छ । यस्तो अवस्थामा भविष्यमा कसैले यो नम्बरको जर्सी लिन बाध्य हुन सक्छ ।

सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । तर उनलाई फिर्ता बोलाइएपछि उनी मैदानमा फर्किएका थिए । सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँगको हार र कोपा अमेरिकामा चिलीसँगको हारपछि मेसीले थप खेल्न नपाउनेमा शंका थियो ।

मेसीले अर्जेन्टिनाका लागि १८० खेलमा १०६ गोल गरेका छन् । उनले टोलीलाई २०२१ कोपा अमेरिका र २०२२ को विश्वकप जिताउन सफल भएका छन् । मेसीले सन् २०२६ को फिफा विश्वकप खेल्ने वा नखेल्ने भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन तर त्यसअघि उनी अर्जेन्टिनालाई २०२४ मा हुने कोपा अमेरिका कप दोस्रो पटक जित्न चाहन्छन् ।

केही साताअघि सन् २०२२ को विश्वकपमा मेसीले लगाएका ६ जर्सी लिलामीमा ७.८ मिलियन डलरमा बिक्री भएको थियो । मेसी विश्वकपको एउटै सिजनमा खेलिएका सबै खेलमा गोल गर्ने एकमात्र फुटबलर हुन् । उनले फाइनलमा फ्रान्सविरुद्ध पनि गोल गरेका थिए ।

 

 

 




भर्खरै