• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

टोटेनहमको सहज जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले सहज जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले बर्नमाउथलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन खेलको ९ औं मिनेटमा पापे माटर सर, ७१ औं मिनेटमा सन हेउंग मिनले र ८० औं मिनेटमा रिचार्लिसनले गोल गरे ।

बर्नमाउथका एलेक्स स्कटले ८४ औं मिनेटमा एक गोल फर्काए पनि उनको गोल सान्त्वना गोल रह्यो ।

टोटेनहम २० खेलबाट ३९ अंकका साथ पाँचौं स्थानमा रहेको छ भने बर्नमाउथ १९ खेलबाट २५ अंकका साथ १२ औं स्थानमा छ ।