१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

कानून उल्लङ्घन गर्दै नियुक्तिमा सरकारको जोड, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको नियुक्तिमाथि प्रश्नै प्रश्न

कानून उल्लङ्घन गर्दै नियुक्तिमा सरकारको जोड, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको नियुक्तिमाथि प्रश्नै प्रश्न
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । तीन ओटा प्रज्ञा–प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा सरकारले संविधान उल्लङ्घन गर्दै आएको छ । सिफारिस गर्ने व्यक्तिले नियुक्ति गरेको भन्दै निरन्तर आवाज पनि उठ्यो तर न त सरकारले गल्ति सच्चायो न अदालतले निर्णय दियो ।

नाट्यकर्मी देशभक्त खनाल, विजय विस्फोट, जीवन थापा क्षितिज, किशोर अनुराग अधिकारीलगायत व्यक्तिहरुले अदालत पुगे ,तर आजसम्म निर्णय भएको छैन ।

तत्कालीन श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेव पहिलो कुलपति भएको प्रतिष्ठानमा पछिल्ला नियुक्तिहरुको वैधानिकतादेखि योग्यतासम्म प्रश्न उठ्यो । प्रज्ञा–प्रतिष्ठान मात्र रहँदा बालचन्द्र शर्मा, केदारमान व्यथित बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली, लैनसिंह बाङ्गदेल, माधवप्रसाद घिमिरे, ईश्वर बराल, मदनमणि दीक्षित, मोहन कोइराला, प्रा डा वासुदेव त्रिपाठी, बैरागी काइँला (तिलबिक्रम नेम्बाङ) जस्ता मूर्धन्य स्रष्टाहरुले संस्थाको जिम्मेबारी सम्हाल्नुभएको थियो ।

गणतन्त्रपछि सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई तीन टुक्रामा विभाजन गरेर, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान बनायो । सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानमा अम्बर गुरुङ कुलपति र प्रचण्ड मल्ल उपकुलपति हुनुभयो । उहाँहरुको कार्यकाल सकिएपछि सरुभक्त श्रेष्ठ कुलपति र शम्भुजित बाँस्कोटा उपकुलपति हुनुभयो ।

तेस्रो कार्यकाल अर्थात २०७५ साल पुस १६ गते देखि २०७९ साल पुस १५ गते सम्म जिम्मेबारी सम्हाल्नुभएका नारायणभक्त श्रेष्ठ ‘रायन’ कुलपति, हरिहर शर्मा उपकुलपति तथा चौथो कार्यकालका कुलपति निशा शर्मा र उपकुलपति शम्भु राईको नियुक्ति भने निरन्तर बिबादमा पर्यो ।

नाट्यकर्मीहरूको एक समूह नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा भएको नियुक्तिविरुद्ध आन्दोलनमा उत्रँदै नियुक्तिविरुद्ध अदालतमा रिट दायर गरे ।

 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको अध्यक्षतामा बनाइएको सिफारिस समिति र सो समितिद्वारा फागुन ३ मा गरिएको नाम सिफारिस कुलपतिलगायतका नियुक्तहरू र आवश्यक प्रक्रिया प्रचलित नेपालको संविधानविपरीत भएको दाबीसहित उनीहरु विरोधमा उत्रिए । उनीहरूले नियुक्त भएका ती प्राज्ञको क्षमतामाथि पनि प्रश्न गरेका छन् ।

रिटमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन–२०६४ अनुसार गठित सिफारिस समितिमा ऐनबमोजिम सङ्गीत तथा नाट्यका क्षेत्रमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त व्यक्तिमध्येबाट दुईजनासहित संस्कृतिमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरिनुपर्नेमा त्यस्तो व्यक्ति समावेश नगरिएको, विधागत समावेमावेशिता नभएको, महिलाको उचित कोटा नपुर्‍याइएको तथा योग्य व्यक्तिहरू नसमेटिएको जिकिर गरिएको छ ।

नारायणभक्त श्रेष्ठ रायन कुलपति र हरिहर शर्मा उपकुलपतिको नियुक्ति विरुद्ध रिट दायर भएपछि उहाँहरु करिब दुई महिना जिम्मेबारीबाट पन्छनुभयो । तर फेरि अदालतको निर्णय नआउँदै पुनः जिम्मेबारीमा फर्कनुभयो । अदालतको मानहानी गरेको भन्दै नाट्यकर्मीहरु पुनः अदालत गए । त्यो रिट पनि अदालतमा विचाराधीन नै रहेको छ । तर पछिलो नियुक्ति हुनु भएका शर्मा र राईको पालामा झनै कानूनको उल्लङ्घन गरिएको नाट्यकर्मीहरुको आरोप छ ।

संस्कृतिमन्त्री सुदन किराती आफू उपत्यकाबाहिर गएका बेला खाली कागजमा निर्णय गरेर नियुक्तिको सिफारिस गर्नुभएको जनाइएको छ । मन्त्री किराती सुनसरीको एक कार्यक्रममा रहेको तर उहाँको उपस्थितिमा काठमाडौँमा मिटिङमा उपस्थित भएको देखाइएको छ । एक नाट्यकर्मी भन्छन्, “यसमा किरातीले नेपाली कलाक्षेत्रका लागि अपराध नै गरेका हुन् ।” सर्वोच्च अदालतले दुई कार्यकालको नियुक्तिको कागजपत्र माग्दा मन्त्रालयले फाइल नै हराएको भन्दै उपलब्ध गराएको छैन ।

मुद्दाको पेशी फागुन ३० गतेलाई तोकिएको छ । मन्त्रीको संयोजकत्वमा गठन भएको तीन सदस्यीय समितिले २४ जनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्येबाट प्रधानमन्त्रीले पदाधिकारी नियुक्ति गर्नुपर्नेमा मन्त्रीले नै नियुक्ति गरेर कानून मिचको दाबी गरिएको छ ।

२०६४ सालमा भएको एक नियुक्तिका बारेमा सर्बोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनः नियुक्ति गरेको नाट्यकर्मीहरुले दाबी गरेका छन् । एक नाट्यकर्मी भन्छन्, “यो मन्त्रीको बदनियतका साथ गरिएको अपराध हो , नियुक्तिको योग्यतामाथि पनि प्रश्न उठेको छ, प्रज्ञालाई प्रज्ञा जस्तो बनाऔँ, भ्रातृ सङ्गठन नबनाऔँँ । मन्त्रीको बदनियत र जानाजान गरिएको गल्ती प्रधानमन्त्रीले सच्याउने आँट गर्नुपर्छ ।”