१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कोशीलाई हराउदै एपिएफ फाइनलमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै नेपाल एपिएफ क्लब फाइनलमा पुगेको छ ।

जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर मात्र ८७ रन बनायो । कोशीको लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन् । रुविना क्षेत्रीले २२, लखिता राजवंशीले १४, काजोल श्रेष्ठ ४ र बिमला महलाले ६ रन बनाइन् ।

एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले १–१ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । एपिएफका इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन । उनी ५० बलमा तीन चौका र एक छक्का प्रहार गरिन । त्यस्तै सीता रानामगरले ३७ बलमा तीन चौका र दुई छक्कासहित ४५ रनमा रन जोडिन । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन ।

कोशी प्रदेशका लागि कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन् । कोशीले अव एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर सोमबार खेल्नेछ ।

एलिमिनेटर खेलमा आज दिउँसो बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल बुधबार हुनेछ ।