१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कोशी प्रदेशले गण्डकीलाई सजिलै हरायो



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले गण्डकीलाई ५५ रनले हराएको छ । यससँगै लगातार चौथो जित हात पारेको कोशीले प्लेअफ सम्भावना उच्च बनाएको छ ।

जितको लागि १ सय ४ रनको विजयी लक्ष्य पाएको गण्डकीले १५ ओभरमा अल आउट हुँदै मात्र ४८ रन बनायो । गण्डकीकी सुमन खतिवडा २१ रनमा अविजित रहिन् । उनी बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर अञ्जली विश्वकर्मा ८, ज्योत्स्नका मरासिनी ६, सृष्टी पौडेल १, सीमा केसी ५ र धन कुमारी २ रन बनाईन्। गण्डकीका चार खेलाडी खाता नै नखोलि आउट भए ।

कोशीकी कप्तान रुविना क्षेत्रीले १ ओभरमा १ रन खर्चेर ३ विकेट लिईन् । संगिता राई र एलिसा खडियाले समान दुई दुई विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । कोशीकी बिमला मलहाले सर्वाधिक २५ रन बनाएकी थिईन् । लखिता राजवंशीले २२ तथा संगिता राइले २३ रन बनाइन् ।

गण्डकी प्रदेशकी कुसुम गोदार र सृष्टी जैशीले समान दुई दुई विकेट लिँदा आकृति तिवारी, रचना चौधरी र सुमन खतिवडाले १–१ विकेट लिइन् ।

कोशी ५ खेलमा ४ जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । यता, गण्डकी भने ५ खेलमा १ मा जितसहित छैटौं स्थानमा छ । एपिएफ ५ खेलमा अपराजित रहँदै प्रतियोगिताको शीर्ष स्थानमा छ ।