१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३ विपद् प्रभावित चार जिल्लालाई वागमती सरकारले दियो ३ करोड रुपैयाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैथिली एसोसिएसनमा नयाँ कार्य समिति



अ+ अ-
विराटनगर । मैथिली एसोसिएसन नेपालको चौथो वार्षिक साधारणसभाले  मैथिली भाषा अभियन्ता प्रवीण चौधरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।
सो समितिमा उपाध्यक्षमा वरिष्ठ समाजसेवी आभा अनुपमा र पङ्कज वर्मा,  महासचिवमा राकेश देव, सचिवमा भाष्कर चौधरी र अजय कर्ण, कोषाध्यक्षमा मीरा देव र सदस्यहरुमा प्रकाश प्रेमी, पुनम सिंह, वन्दना चौधरी, वीरेन्द्रकुमार झा, दीपेन्द्र स्वर्णकार, रोजी झा, सरिता साह र मञ्जु मिश्र निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक शिवनारायण पण्डित सिङ्गलले निर्वाचित पदाधिकारीको नाम घोषणा गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । मैथिली भाषाका वरिष्ठ अभियन्ताद्वय रामरिझन यादव तथा डा योगेन्द्रप्रसाद यादवले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो ।
उद्घाटन सत्रमा प्रमुख अतिथि कोशी प्रदेशसभाका पूर्वसदस्य जयराम यादवसहितका वक्ताहरूले मैथिली भाषा र भाषिक अधिकार सम्बन्धित अनेकौँ ध्येय विषयवस्तुमा एसोसिएसनले अभियान सञ्चालित गर्नुपर्ने ध्यानाकर्षण गराउनुभएको थियो ।
नेपालको नयाँ राजनीतिक परिदृश्य र खास गरी सङ्घीयता लागू भएपछि स्थानीय निकाय र प्रदेश सरकारको कामकाजको भाषाका रूपमा कोशी प्रदेश र मधेस प्रदेशका साथ अन्य प्रदेशमा पनि मैथिली भाषीहरुको हकहित, मैथिली भाषा (साहित्यको शिक्षामा समावेश र सामाजिक) सांस्कृतिक व्यवहारमा मैथिली भाषाको प्रयोग र संवद्र्धन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मैथिली एसोसिएसन नेपालले सम्पूर्ण भाषाभाषीलाई सङ्गठित गर्न सक्ने सम्भावनाप्रति वक्ताहरूले मार्गदर्शन गराउनुभएको थियो । रासस