• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

‘मलाई रणवीर सिंहका सुरुका फिल्महरू मन पर्दैनथ्यो’



एजेन्सी । फिल्म ‘केजीएफ’को ब्लकबस्टर सफलतापछि यश निकै लोकप्रिय भए । सन् २०१८ मा प्रशान्त नीलको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा ठूलो कमाई गरेको थियो ।

फिल्मको दोस्रो भाग सन् २०२२ मा रिलिज भएको थियो । यसलाई पनि दर्शकले निकै रुचाए । यशको भूमिकालाई मानिसहरूले यति धेरै मन पराए कि आज पनि उनलाई ‘रकी भाइ’ भन्ने गर्छन् ।

केजीएफ फिल्मको प्रमोशनल कार्यक्रममा यशलाई आफ्नो मनपर्ने हिन्दी फिल्म कलाकारहरूको बारेमा सोधिएको थियो । यशले आफूलाई रणवीर सिंहको सुरुको काम मन नपरेको खुलासा गरेका थिए । अर्कोतर्फ उनलाई रणवीर कपुर अलि निराश र विचलित लाग्दथ्यो ।

ईटिभी भारत फिल्म्स एण्ड टिभीसँगको कुराकानीमा यशले आफ्ना मनपर्ने कलाकारका बारेमा खुलेर कुरा गरे । उनले भने– ‘अमिताभ बच्चन र शाहरुख खान सधैं मेरा मनपर्ने कलाकार हुन् । मलाई दुबैको काम असाध्यै मन पर्छ । म दुबैको धेरै प्रशंसा गर्छु । रणवीर कपुर र रणवीर सिंह पनि अचम्मका कलाकार हुन् ।’

उनले थप भने –
साँच्चै भन्नुपर्दा, पहिले मलाई रणवीर सिंहको काम मन पर्दैनथ्यो । तर सञ्जय लीला भन्सालीसँग उनको फिल्म ‘बाजीराव मस्तानी’ हेरेदेखि मलाई मन पर्न थाल्यो । २०१८ मा रिलिज भएको ‘पद्मावत’ मा रणवीर अचम्मका थिए । जहाँसम्म रणबीर कपूरको सवाल छ– मैले उनको काम हेरेँ, र रणबीर पनि धेरै राम्रो अभिनेता हुन् । यद्यपि मलाई थाहा छैन, केहि समयको लागि मलाई उनी अलि निराश र विचलित भएको महसुस भयो, तर २०१८ को फिल्म ‘सन्जु’मा रणवीर अचम्मको देखिएका थिए ।

केजीएफ फेम यशले हालै आफ्नो आगामी फिल्मको नाम घोषणा गरेका छन् । उनले आफ्नो अर्को प्रोजेक्टको नाम ‘टक्सिक’ हुने बताए । गीतु मोहन्दाले फिल्मको निर्देशन गर्नेछन् । यो फिल्म २०२५ मा रिलिज हुनेछ । मिडिया रिपोर्टका अनुसार फिल्ममा यशसँगै साई पल्लवी पनि देखिनेछिन् ।

यशको अर्को प्रोजेक्ट गोवाको पृष्ठभूमिमा आधारित हुनेछ। केजीएफ जस्तै यो पनि एक पिरियड क्राइम ड्रामा हुनेछ । ६० को दशकमा गोवामा रुसी र ड्रग्स माफियाको घुसपैठ थियो । यशको क्यारेक्टरले रुसको वर्चस्वलाई कसरी चुनौती दिन्छ भन्ने कुरामा फिल्मको कथा घुम्नेछ ।

केजीएफ सिरिज जस्तै यो फिल्म पनि एक्शन थ्रिलर हुनेछ । श्रोतका अनुसार यस फिल्ममा यश आफैं पनि निर्माता हुनेछन् । यो पनि १०० करोडभन्दा माथिको बजेटमा समेटिएको छ । यशलाई फिल्मको कथा यति धेरै मन परेको छ कि उनले अन्य प्रोजेक्टलाई छेउमा राखेर अहिले आफ्नो सम्पूर्ण ध्यान यसैमा केन्द्रित गरेका छन् । ड्रग्स र रुसी माफियाको साथमा हिप्पी संस्कृति जे थियो त्यो सबै फिल्ममा देखाइनेछ ।