२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित

बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज

बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज
अ अ+ अ-

कञ्चनपुर । गतिलो पदमार्ग नहुँदा विगतमा पर्यटकले घाँसका बोट समातर पहाड उक्लिदै शुक्लाफाँटा नगरपालिका–८ स्थित बतासे झर्ना पुग्ने गर्दथे । अहिले यस क्षेत्रमा पदमार्ग निर्माण गरिएपछि पर्यटकलाई गन्तव्यमा पुग्न निकै सहज भएको छ । ढुङ्गा विच्छ्याएर पदर्माग निर्माण गरिएको छ ।

पहाडमाथि उक्लिने ठाउँमा ढुङ्गाका खुट्किला निर्माण गरिएका छन् । तेर्सो बाटोमा सहज रुपमा हिँड्न मिल्ने गरी ढुङ्गालाई एक नासले मिलाएर विच्छ्याइएको नगरपालिकाका प्राविधिक धीरज ऐरले बताउनुभयो । खोलाखल्सीमा कल्भर्टका लागि ठाउँ छाडिएको बताउँदै उक्त स्थानमा पर्यटन बोर्डको रू १० लाख लागतमा कल्भर्ट निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

नगरपालिका र जीविकोपाजर्न पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना ९एसटिएलआरटी० बिच भएको लागत साझेदारी कार्यक्रमअन्तर्गत पदमार्ग निर्माण गरिएको ऐरले बताउनुभयो । परियोजनाको कूल लागत रू ३० लाख ५० हजार रहेकामा सम्झौता अनुसार रू १५ लाख ५० हजार नगरपालिका र रू १५ लाख एसटिएलआरटीले व्यहोर्ने उहाँले जानकारी दिनुभयो ।

रू २१ लाख ९० हजारको लागतमा उपभोक्ता समितिमार्फत तीन किलोमिटर पद्मार्ग निर्माण पूरा गरिएको प्राविधिक ऐरले बताउनुभयो । रू तीन लाख ५० हजारको लागतमा होमस्टे तथा उद्यम सिर्जना गर्ने तालिम, होमस्टे नम्बरिङ र सूचना बोर्ड निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

ऐरका अनुसार बतासे झर्ना क्षेत्रमा रू एक लाख ५० हजारमा ‘थ्रि डि भिजेवल बोर्ड’ जडान गरिएको छ । झर्ना क्षेत्र पुग्ने मार्गका पचास ठाउँमा रू एक लाख ५० हजारमा पर्यटकीय सङ्केत चिन्ह राखिएका छन् । पर्यटकीय क्षेत्रअन्तर्गत ठाउँठाउँमा ५० वटा फोहर विन्स जडान गरिएका उहाँको भनाइ थियो । “पर्यटकीय क्षेत्रमा पुग्न यसअघि पदमार्ग नहुँदा निकै सास्ती हुने गरेको थियो । अहिले पदमार्ग निर्माणसँगै ठाउँठाउँमा सङ्केत चिन्ह राखेका छौँ”, उहाँले भन्नुभयो ।

पदमार्गमा पर्यटकीय सङ्केत चिन्ह, फोहर सङ्कलनका लागि विन्सका साथै होमस्टे नम्बरिङ र सूचना बोर्ड राखेपछि पर्यटकलाई यात्रा गर्न सहज भएको शुक्लाफाँटा–८ का वडाध्यक्ष बहादुर सिंह महराले बताउनुभयो । “पर्यटकले ल्याउने खानेकुराका प्याकेट तथा प्लास्टिक, प्लेटलगायत सामग्रीले पर्यटकीय क्षेत्रको सौन्दर्यता बिग्रने भएकाले ठाउँठाउँमा फोहर सङ्कलनका लागि विन्स जडान गरेका छौँ”, उहाँले भन्नुभयो, “पदमार्गमा राखिएका सूचना बोर्डले पर्यटकलाई गन्तव्यमा पुग्न थप मद्दत गरेको छ ।”

पदमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकलाई फाइदा पुग्नुका साथै यहीँ मार्गहुँदै सामान पिठ्यूँमा बोकेर डडेल्धुराको पर्शुराम नगरपालिकातर्फ जानेलाई पनि सहज भएको छ । पिठ्यूँमा पसलको सामान भरियामार्फत बोकाएर हिड्ने गरेकामा पदमार्ग निर्माणले आवतजावतमा सहजता थपेको व्यापरी धनबहादुर विष्टले बताउनुभयो । “गतिलो बाटो नहुँदा विगतमा पहाड उक्लिन निकै कठिन थियो” उहाँले भन्नुभयो, “चिप्लेर चोटपटक लाग्दथ्यो । थोरै मात्रै समान बोक्न सकिन्थ्यो । अहिले पदमार्ग निर्माण हुँदा ३० देखि ५० किलो सामान पिठ्यूँमा राखेर बोक्दै आएका छौँ ।” उहाँका अनुसार डडेल्धुराको पर्शुराम नगरपालिकाका अधिकांश बासिन्दाको घरायसी सामान खरिद गर्ने, बिरामी हुँदा उपचारका लागि अस्पताल पुग्ने ठाउँ झलारी बजार हो ।

मोहन महरका अनुसार पर्यटकीय गन्तव्यका रुपमा झर्ना खोला पार गर्दै पहाडका बासिन्दाले हिँडडुल गर्दै आएका छन् । “पहिले बाटो नहुँदा खोला खोला भएर हिँड्थ्यौँ”, उहाँले भन्नुभयो, “अहिले पदमार्ग निर्माण भएपछि चिप्लिदै लड्ने डर पनि छैन, सहज रुपमा हिँडेर गन्तव्यमा जाँदैछौँ ।”

तीन किलोमिटरको पदमार्ग निर्माण गर्न ४५ दिन लागेको निर्माण समितिका अध्यक्ष कमल सिंह महराले जानकारी दिनुभयो । उहाँका अनुसार पदमार्ग निर्माणमा ६० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

निर्माणमा संलग्न मजदुर रामसिंह महराले घरव्यवहार चलाउनका यसअघि भारत जाने गरेकामा गाउँमै रोजगारी पाइएपछि जीविकोपार्जनमा सहज भएको बताउनुभयो । “गाउँमै काम पायौँ”, उहाँले भन्नुभयो, “एक महिना काम गरेर रू ३० हजार कमाइ भएको छ । यसले अबको छ महिनासम्म परिवारको खर्च धान्न सकिन्छ ।”

उपभोक्ता समितिमार्फत कार्य हुँदा स्थानीयलाई पहिलो प्राथमिकतमा राखेर काम गराइएको समितिका अध्यक्ष महराले बताउनुभयो । उहाँका अनुसार प्रविधिकतर्फका कामदारलाई प्रति दिन रू एक हजार र मजदुरी गर्ने कामदारलाई रू छ सयका दरले ज्याला दिइएको हो ।

पर्यटकीय पदमार्ग निर्माण भएसँगै झर्ना जाने विश्रामस्थलका रुपमा रहेको धारापानी गाउँका बासिन्दाले पनि रोजगारी पाएका छन् । गाउँ घरमा उत्पादन हुने तरकारी, फलफूल, दूध, दही, ध्यू, कुखुरा, खसी, बोकालगायत कृषि उपज बिक्री हुन थालेका छन् । युवाहरुले गाउँमै पसल खोलेर आम्दानी लिन थालेका छन् ।

पहिले भारत तथा अन्य जिल्लामा मजदुरीका लागि जाने धारापानीका साइम धामीले पसल सञ्चालन गरेपछि आम्दानी बढन थालेको बताउनुभयो । “सिजनमा निकै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “सिजन सकिएपछि थोरै हुन्छ । त्यसले घर चलाउन सहज भएको छ ।” पदमार्ग निर्माणले पर्यटकको आगमनमा बढोत्तरी भएको उहाँको भनाइ थियो ।

डडेल्धुराको पलगडी, सुवाखान, जमिर खाली, बरे गडा, पातली, सिमलबण्ड, गैरेपातल, सल्लेगुडी गायत क्षेत्रका बासिन्दा यसै मार्ग भएर तराई पुग्नका लागि ओहोरदोहोर गर्ने गर्दछन् ।

“पहिला पसल तथा होमस्टे नहुँदा स्थानीयवासीको घरमा बास माग्न पर्यटक आउँथे । अहिले बतासे झर्ना पुग्ने पदमार्गको सहजताले पर्यटक बढन थालेका छन् । पर्यटकलाई लक्षित गरी खोलिएका होटलमा पहाडबाट झर्ने र उक्ले यात्रुले बास पाउन थालेका छन्”, धारापानीका स्थानीय भुवन गौतमले भन्नुभयो । धारापानीको दक्षिणतर्फको सडक भने प्रत्येक वर्ष वर्षामा पहिरोका कारण भाँसिने गरेको उहाँले बताउनुभयो ।

सडक मार्गको पानी चुहिने ठाउँमा पक्की नाली निर्माण गरी पहिरो रोक्नुपर्ने स्थानीयवासीको माग छ । अहिले धारापानी गाउँसम्म पर्यटकले मोटरसाइकल, जीप, बस लगायतका साधनबाट पुग्ने गरेका छन । धारापानीबाट उत्तरतर्फको क्षेत्रमा बनाइएका पदमार्ग भएर झर्ना पुगिन्छ । कलकल गर्दै पहाडको माथिबाट बग्दै गरेको झर्नाको मनमोहक दृश्य नियाल्नका लागि गर्मी मौसममा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय बताउँछन् ।

झर्नालाई गाउँका बासिन्दाले छेकुवा भन्ने गर्दथे । नगरपालिका गठनसँगै जनप्रतिनिधि आएपछि पर्यटकीय क्षेत्रको खोज गर्ने क्रममा भेटिएको झर्नाको नाम बतासे राखेका हो । दुई सय फिट माथिको पहाडबाट बग्ने झर्ना भूइँमा खस्दा त्यसका छिटा चिसो हावासँगै चारैतिर फैलिने भएकाले यसको नाम बतासे राखिएको पदमार्ग निर्माण समितिका अध्यक्ष महराले जानकारी दिनुभयो । रासस