२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित

६७ वर्षमा लागे अनिल कपुर, ब्ल्याकमा टिकट बेच्ने केटो कसरी बने सुपरस्टार ?

६७ वर्षमा लागे अनिल कपुर, ब्ल्याकमा टिकट बेच्ने केटो कसरी बने सुपरस्टार ?
अ अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार अनिल कपुर आज ६७ वर्षमा लागेका छन् । हालै उनी फिल्म ‘एनिमल’ मा रणवीर कपुरका बुवाको भूमिकामा देखिएका थिए । उनको अर्को फिल्म ‘फाइटर’ रहेको छ जसमा ऋतिक रोशन र दीपिका पादुकोण पनि देखिनेछन् । यति लामो करियरको बावजुद अनिल कपुरले बलिउडमा आफूलाई सान्दर्भिक राखेका छन् ।

शीर्ष फिल्ममा उनको अभिनयको तारिफ भइरहेको छ । रोचक कुरा के छ भने यो उमेरमा पनि उनको फिटनेस गज्जबको छ । आज पनि अनिल २ घण्टा जिममा वर्कआउट गर्छन् । साइक्लिङ, जगिङ र मर्निङ वाक गरेर पनि उनी आफूलाई फिट राख्छन् । उनले हिन्दी फिल्म उद्योगलाई झण्डै चार दशक दिएका छन्, तर यति लामो यात्रा उनको लागि सजिलो थिएन ।

स्पटब्वाईबाट अभिनेता बनेका अनिल कपुर कुनैबेला थिएटर बाहिर ब्ल्याकमा चलचित्र टिकट बेच्ने गर्थे । धेरै मिहिनेत पछि सफलताको स्वाद चाखे । उनको आगामी फिल्म ‘फाइटर’को पारिश्रमिक ७ करोड छ । अनिल कपूरको जन्म २४ डिसेम्बर १९५६ मा चेम्बुर, महाराष्ट्रमा भएको थियो । उनी फिल्म निर्माता सुरिंदर कपूर र निर्मल कपूरका छोरा हुन् । सुरिन्दर कपुर पृथ्वीराज कपुरका कजिन थिए ।

अनिल कपुरले आफ्नो पढाइ पूरा गरेपछि थाहा भयो कि उनका बुबा मुटु रोगबाट पीडित छन् । यस्तो अवस्थामा उनले आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न जागिर गर्ने निर्णय गरे । त्यतिबेला उनी १७–१८ वर्षको थिए ।

अनिलले जागिर खोज्न थाले । एक दिन उनी फिल्मको सेटमा पुगे । जहाँ उनले स्पटब्वाईको काम पाएका थिए । यसमा उनले कलाकारहरूलाई निद्राबाट ब्युँझाउने, एयरपोर्टबाट लिएर पुर्याउनेजस्ता काम गरेका थिए ।

केही समय यो काम गरेपछि अनिल कपुर कास्टिङ डाइरेक्टर पनि बने । उनले फिल्म ‘हम पाँच’ को कास्टिङ गरेका थिए । यही क्रममा उनको मनमा अभिनय गर्ने इच्छा जाग्यो । त्यसपछि उनले यस्तो प्रोजेक्ट खोज्न थाले जसमा उनलाई अभिनेताको रुपमा काम गर्ने मौका मिलोस् ।

अनिलले तेलुगु फिल्म ‘वंश वृक्षम’बाट मुख्य अभिनेताको रूपमा डेब्यु गरेका थिए । तर, यसअघि सन् १९७९ मा निर्देशक उमेश मेहराको फिल्म ‘हमारे–तुम्हारे’ मा उनी क्यामियोमा देखिएका थिए । सन् १९७९ देखि १९८२ सम्म उनले चार बलिउड फिल्म ‘हमारे तुम्हारे’ (१९७९), ‘एक बार कहो’ (१९८०), ‘हम पाँच’ (१९८०) र ‘शक्ति’ (१९८२) मा सहायक अभिनेताको रूपमा काम गरे ।

सन् १९८३ मा फिल्म ‘वो सात दिन’ मार्फत उनले बलिउडमा मुख्य कलाकारको रुपमा प्रवेश गरेका थिए । त्यसपछि उनले धेरै अविस्मरणीय फिल्ममा आफ्नो अभिनयले फ्यानहरूलाई प्रभावित पारे । अनिल कपुरले ‘कमेडी नाइट्स विथ कपिल’ मा आफूले फिल्ममा ‘टपोरी’को भूमिका राम्रोसँग निर्वाह गरेको खुलासा गरेका थिए । वास्तवमा अनिल कुनै समय वास्तविक जीवनमा टपोरी थिए । अनिलका अनुसार बाल्यकालमा उनी र उनका साथीहरु भरियाको काम गर्थे । उनले चलचित्रको टिकट समेत ब्ल्याकमा बेचेका छन् ।

१९८६ को फिल्म ‘चमेली की शादी’ पहिलो बलिउड फिल्म थियो जसमा अनिल कपुरले मुख्य भूमिका मात्र खेलेका थिएनन्, उनले फिल्मको शीर्षक गीत पनि गाएका थिए । अनिलको गायकको रूपमा यो पहिलो पटक थियो । सन् १९८७ मा निर्देशक शेखर कपुरको फिल्म ‘मि. इन्डिया’ मा अनिल कपूरको भूमिकाको निकै तारिफ भएको थियो तर यस फिल्मका लागि शेखर कपुरको पहिलो रोजाइ अमिताभ बच्चन थिए । तर, पछि अनिललाई यो फिल्ममा कास्ट गरियो ।

सन् १९८८ मा विधु विनोद चोपडाको फिल्म ‘परिंदा’ मा ज्याकी श्राफले अनिलको जेठो भाइको भूमिका निभाएका थिए । वास्तवमा अनिल आफैं चाहन्थे कि निर्देशकले यस फिल्ममा ज्याकीलाई आफ्नो जेठो भाइको भूमिका दिनुपर्छ । वास्तवमा ज्याकी श्राफ अनिल कपुरभन्दा एक वर्ष कान्छा छन् । अनिलको जन्म सन् १९५६ मा भएको थियो भने ज्याकीको जन्म १९५७ मा भएको थियो ।

जब ज्याकी र अनिल फिल्म ‘परिंदा’ को सुटिङ गरिरहेका थिए । फिल्मको एक दृश्यको सुटिङका ​​क्रममा ज्याकीले अनिललाई १७ पटक थप्पड हानेका थिए । सन् १९८९ मा रिलिज भएको फिल्म ‘राम लखन’ मा काम गर्ने क्रममा अनिल कपूर र गुलशन ग्रोवरबीच झगडा भएको थियो, जसका कारण उनीहरुबीच वर्षौंसम्म कुराकानी बन्द भएको थियो ।

वास्तवमा, एक झगडा दृश्यको सुटिङको क्रममा अनिल कपूरले फिल्ममा केसरिया विलायती नामक खलनायकको भूमिका निभाइरहेका गुलशन ग्रोवरलाई मुक्का हान्नुपरेको थियो । यो मुक्का संयोगवश गुलशनको आँखामा धेरै जोडले लाग्यो र उनको आँखामा चोट लाग्यो । यसपछि गुलशन रिसाएर अनिलको घर गएर उनलाई गाली गरे । अनिल पनि चुप बसेनन् र दुईबीच झगडा भयो । त्यसपछि धेरै वर्ष उनीहरु एक अर्कासँग बोलेनन् । पछि अनिलका जेठा भाइ बोनीले दुवैलाई प्याचअप गरे र त्यसपछि उनीहरूले फिल्म ‘लोफर’मा सँगै काम गरे ।

धेरै हिट फिल्ममा काम गरिसकेका अनिलको प्रेम कथा निकै रोचक छ । उनले सन् १९८४ मे १९ मा सुनितासँग विवाह गरेका थिए । आफ्नो संघर्षका दिनहरूमा अनिल कपूरसँग पैसा थिएन, त्यसैले सुनिताले उनको खर्च बेहोरिन् । जब दुबै पहिलो पटक भेटेका थिए अनिल कपुर संघर्षरत अभिनेता थिए भने सुनिता एक चर्चित मोडल थिइन् ।

अनिलले सुनितालाई देखेर आफ्नो मन दिएका थिए, तर सुनितासम्म पुग्ने बाटो थिएन । अन्ततः उनका साथीहरूले उनलाई टेलिफोन नम्बर दिए । त्यसपछि दुवैबीच कुराकानी सुरु भयो । अनिल सुनिताको स्वरमा पागल बनेका थिए । धेरै उतारचढाव पछि उनीहरुको सम्बन्ध विवाहमा पुग्यो । अनिलले सुनितालाई डेट गरिरहेको बेला उनीसँग ट्याक्सी वा क्याबमा सुनितालाई भेट्न सक्ने पैसा थिएन, त्यसैले उनी उनलाई भेट्न बसमा जाने गर्थे ।

अनिलले सुनितालाई प्रेमिका बन्न भनेका थिएनन् तर केही समयपछि मात्रै मित्रता नभएको बुझे । त्यसपछि दुवै ११ वर्ष सँगै बसे । अनिलले फिल्म ‘जंग’ पाएपछि उनले अब घर किनेर बस्ने निर्णय गरे । उनले सुनितालाई बोलाएर भने, ‘भोलि बिहे गरौं ।’ त्यसको भोलिपल्ट १९ मे १९८४ मा दुवैको विवाह भयो । विवाहमा १० जना मात्रै उपस्थित थिए ।

अनिल कपुर फिल्म उद्योगमा आएको ४३ वर्ष भइसकेको छ । , ‘मैले धेरै आघात, धेरै निराशा र डिप्रेशनका पलहरू पनि सामना गरें । यदि म अलौकिक भएको भए सायद यी परिस्थितिहरू उत्पन्न हुने थिएनन्, तर म अतिमानव होइन ।’ आफ्नो लामो फिल्मी करियरको बारेमा उनले एक अन्तर्वार्तामा भनेका थिए ‘मलाई लाग्छ एक अभिनेतालाई निरन्तर प्रेरणा चाहिन्छ, त्यसैले नयाँ व्यक्तिहरूसँग सधैं काम गर्नु महत्त्वपूर्ण छ । सधैं मनको कुरा सुनेर निर्णय लिनुपर्छ । मनोरञ्जनको संसारमा निरन्तर परिवर्तनहरू हुन्छन् ।’

सीए नलेज वेबसाइटको रिपोर्ट अनुसार अनिल कपूरको कुल सम्पत्ति करिब १३४ करोड रुपैयाँ छ। छ । उनको एउटा फिल्मको पारिश्रमिक ५ देखि १० करोडसम्म हुन्छ । उनले फिल्म जुग जुग जियोका लागि १० करोड पारिश्रमिक लिएका थिए । उनको आगामी फिल्म ‘फाइटर’को पारिश्रमिक ७ करोड छ ।