२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षअघि बाथरुमबाट हटाउनुहोस् यी चिज, नत्र आर्थिक संकटमा पर्नुहुनेछ !



अ+ अ-

एजेन्सी । नयाँ वर्ष सुरु हुन केही दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा नयाँ वर्षमा सुख र समृद्धि प्राप्त गर्नका लागि अधिकांशले नयाँ उपाय खोजिरहेका छन् । वास्तुशास्त्रमा नयाँ वर्षका उपायहरू उल्लेख गरिएको छ, जुन व्यक्तिको लागि धेरै फलदायी हुन्छ ।

यदि तपाई नयाँ वर्षको सुरुवात सकारात्मक उर्जाका साथ गर्न चाहनुहुन्छ भने, नयाँ वर्ष २०२४ आउनु अघि आफ्नो घरको बाथरूमबाट केही चीजहरू हटाउन नबिर्सनुहोस् ।

वास्तुशास्त्रका अनुसार बाथरुमबाट केही अशुभ चीजहरू हटाउनाले घरबाट गरिबी हट्छ । अन्यथा मानिसले जीवनमा आर्थिक संकटको सामना गर्नुपर्ने हुन्छ । आउनुहोस् जानौं नयाँ वर्ष आउनुअघि बाथरुमबाट कस्ता चीजहरू हटाउनु पर्छ ।

मानिसहरू बाथरूममा चप्पल प्रयोग गर्छन् । तर वास्तुशास्त्रका अनुसार टुटेको चप्पललाई बाथरूममा कहिल्यै राख्नु हुँदैन । बाथरुममा टुटेफुटेको चप्पलले घरमा नकारात्मक ऊर्जा ल्याउने विश्वास गरिन्छ । त्यसैले नयाँ वर्ष आउनुअघि बाथरुमबाट टुटेफुटेको चप्पल बाहिर फाल्नुहोस् ।

वास्तुशास्त्र अनुसार बाथरुममा फुटेको ऐना हुनु अशुभ मानिन्छ, त्यसैले नयाँ वर्ष आउनुअघि बाथरुमबाट फुटेको ऐना हटाउनुपर्छ । भाँचिएको ऐनाले घरमा वास्तु दोष ल्याउने विश्वास गरिन्छ । यदि तपाईंको बाथरूमको धारा चुहिरहेको छ भने, नयाँ वर्ष आउनु अघि यसलाई मर्मत गर्नुहोस् । धाराबाट पानी चुहिँदा पैसाको हानि हुन्छ ।

यदि बाथरुममा बिरुवा राखिएको छ भने तुरुन्तै बाथरूमबाट निकाल्नुहोस् । वास्तुशास्त्रका अनुसार बाथरुममा रूख र बिरुवाको उपस्थितिले वास्तु दोष बढाउँछ ।